राष्ट्रिय औद्योगिक मेला सकिदै
काठमाडौं ,२८ माघ। काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि जारी १२ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘नवीकरणीय ऊर्जा प्रर्दशनीमा आज सकिँदैछ ।घरेलु तथा साना उद्योग महासंघका महासचिव विष्णुबहादुर लुँइटेलका अनुसार आज दिउँसो ३ बजे समापन कार्यक्रम रहेको छ । आइतबारसम्ममा २ लाख बढिले अवलाकन गर्दा करिब १० करोडको कारोबार भएको उनले बताए ।महिला उद्यमीका ३२ वटा छुट्टै स्टल राखिएको मेलामा तीन सय ४० वटा स्टल राखिएका छन् । दुई सय वटा स्टलमा औद्योगिक उत्पादन छन् भने १ सय २५ वटा स्टलमा नवीकरणीय ऊर्जा प्रविधिहरु रहेका छन् ।