सीड नेपालमाथि अख्तियारको छानविन

२०७० फाल्गुन ८ गते, बिहीबार

काठमाडौँ,८ फागुन।नेपालमा एनजिओका नाममा ठगी धन्दा फष्टाइरहेको आरोप आइरहेका बेला गैर सरकारी संस्था अर्न्तगतको उर्जा तथा वातावरणीय विकासंस्था सिड नेपाल पर्वतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनको दायरामा ल्याएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत लामो समयदेखी सामाजिक क्षेत्रमा काम गर्दे आएको भनिएको उर्जा तथा वातावरणीय विकास संस्था सिड नेपाल पर्वतले थुप्रै विषयहरुमा अनियमितता गरेको खुलासा भएपछि जिल्ला प्रशासन कार्यालय पर्वत मार्फ छानविन गरेको हो ।
सिड नेपाललाई गरिएको छानविनका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराइले भने ‘सिड नेपालले गरेका अनियमितताहरुमा पूर्ण रुपमा अनुसन्धान प्रक्रिया अगाडी बढिसकेको छ, कुनैपनि हालतमा संस्थाका सम्पर्ण् गतिविधिमाथि अनुसन्धान हुन्छ ।’ भट्टराइले भने संस्थाको हालसम्मको कार्यक्रमका प्रतिवेदन र लेखा परिक्षणको माग गर्दै पत्र समेत पठाइसकिएको छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारको राष्ट्रिय कृषि तथा अनुसन्धान विकास कोषको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा वास्तविक रुपमा काम नै नगरी टेवुलमा फर्जि विल भरपाई बनाई १८ लाख भ्रष्टाचार गरेको संस्था विरुद्ध उजुरी परेको छ ।
यस्तै सोही संस्थालाई हेफर्रर् इन्टरनेशनलको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा समुहहरुलाई बाख्रा वितरण गर्दा नियमअनुसार नभएको र बाख्रा नै वितरण नगरिएको गुनासा आएपछि सो प्रक्रियामा समेत छानविन शुरु गरिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतलाई निर्देशन भएको छ ।
सिड नेपाल संस्थाले एफ.ए.ओ.को आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमलाई फर्जि बनाइ जिल्लाका कृषकले पाउने मल बिऊमा समेत घोटला गरेको र कारीतास नेपालको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा खाजा तथा स्टेशनरीमा समेत गुणस्तरहिन सामाग्री प्रयोग गरि आर्थिक अनियमितता गरेको उजुरी परेपछि सो कार्यक्रममा पनि छानविन हुने भएको छ ।
संस्था मार्फ गरिदै आएका सन्देशमुलक नाटक पर्दशन गर्दा समेत कलाकारहरुको श्रमशोषण, कर्मचारी तलबमा अपारदर्शिता, संस्थाको बैंकिङ खाता व्यक्तिको नाममा भएको, संस्थाको नियम विपरीत डोनरले खोजेका कागजातहरु कृते गराउने समेत भेटिएको र कार्यक्रम पार्नका लागि ठुलावडाको स्वागत तथा सम्मान समेत गर्दे आएको संस्थाप्रति आरोप लाग्दै आएको छ ।
उर्जा तथा वातावरणीय विकास संस्था सिड नेपाल पर्वतमा संस्थाका कार्यकारी निर्देशक गोविन्द पहाडीलाई विगत लामो समय देखी कार्यकारी पदमा अरुलाई नै सो गरी आफ्नो हालिमुहाली चलाउँदै आएको आरोप लाग्दै आएको छ । उनले संस्थाका थुप्रै कार्यक्रमहरुमा आफै कार्यक्रम संयोजक भई सेवा सुविधा लिंदै आएको पनि बाहिरी चर्चा चल्दै आएको थियो ।
हाल स्थानीय शान्ति समितिका संयोजक रहेका पहाडी गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय सदस्य, भ्रष्टाचार विरुद्ध सञ्जालका महासचिव समेत रहेका छन् । उनी नागरिक समाजका अगुवाको नाममा चिनिदै आएता नेकपा एमाले पर्वतका सचिवालय सदस्य सहेत रहेको सो पार्टर नेताहरुले बताएका छन् ।
समाज सेवाका नाममा खोलिएको संस्था सिड नेपाललाई दोस्रो संविधान सभाको निर्वाचनमा भोट माग्न गाउँ पुगेको स्थानीयवासीको भनाइ थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु