किसान मारा चिनी उद्योगबिरुद्ध प्रशासनमा उजुरी

२०७० फाल्गुन ९ गते, शुक्रबार


काठमाडौं, ९फाल्गुन । नवलपरासीस्थित लुम्बिनी चिनी उद्योग सुनवलले उखु तौलमा ठगी गरेको भन्दै आज उखु किसानहरुले उद्योगको तौल केन्द्र बन्द गराएका छन् । तौलमा ठगी गर्ने उद्योगलाई प्रशासनले कारबाही गर्नुपर्ने माग गर्दै किसानहरुले उद्योग परिसरभित्र नाराबाजी समेत गरेका थिए ।पटक–पटक तौलमा ठगी गरेको गुनासो गरेपनि प्रशासनले वास्ता नगरेको भन्दै किसानहरुले अन्य स्थानमा तौल गरेर लैजान थालेपछि उद्योगले ठगी गरेको रहस्य खुलेको हो । किसानलाई ठगी गरेको भन्दै जिल्लास्थित उपभोक्ता हीत संरक्षण मञ्चले जिल्ला प्रशासनमा उजुरी दर्ता समेत गरेको छ ।उखुको मूल्य निर्धारण नहँुदा उद्यारोमा उखु बेच्न बाध्य भएका जिल्लाका किसानहरुले तौलमा समेत ठगी गरेर किसान मारा काम गरेको भन्दै उद्योगलाई कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।प्रति ट्याक्टरमा उद्योगले ३ देखि आठ क्विण्टलसम्म ठगी गरेको किसानहरुको भनाइ छ ।उद्योगले किसानहरुको तीनदेखि आठ क्विण्टलसम्म उखुको तौलमा ठगी गरेको उजुरी आएपछि प्रमाणसहित प्रशासनमा उजुरी दर्ता गरिएको उपभोक्ता हीत संरक्षण मञ्चले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयले भने बुटवलस्थित क्षेत्रीय नाप तौल विभागको समन्वयमा अनुसन्धान थालिने जानकारी गराएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु