नेपाल टेलिकमद्वारा सेयरधनीका लागि नगद लाभांशको घोषणा

२०८० पुष ६ गते, शुक्रबार


काठमाडौँ । नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने र सो नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने निर्णय गरेको छ । मन्त्रालयको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् । टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ । टेलिकमले अहिलेसम्म लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन ।
कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नै नगद लाभांश प्रदान गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नै नगद लाभांश दिएको थियो । बिहीबार बजार बन्द हुँदा टेलिकमको सेयर मूल्य प्रतिकित्ता ९४० रुपैयाँ १० पैसा छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार