युक्रेनमा रहेका नेपालीलाई यथास्थानमा सुरक्षीत रहन आग्रह

२०७८ फाल्गुन १३ गते, शुक्रबार

काठमाडौं । नेपाली दूतावास जर्मनीले युक्रेन र रुसबीच विकसित पछिल्लो घटनाक्रमलाई मध्येनजर गर्दै युक्रेनमा रहेका नेपालीहरुलाई तत्कालका लागि यथास्थानमा सुरक्षीत रहन आग्रह गरेको छ । युक्रेनको हवाई क्षेत्र नागरिक/व्यवसायिक उडानका लागि अल्पकालीन रुपमा बन्द भएकाले हवाई मार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नभएकोल तत्काल यथास्थानमा सुरक्षित रहन अनुरोध गरेको छ । दूतावासले दुई देशवीचको पछिल्लो घटनाक्रमलाई ध्यानमा राखेर नेपाल सरकार, परराष्ट्र मन्त्रालयले फागुन ११ गते बुधवार यात्रा प्रतिबन्ध जारी गरेको समेत जानकारी दिएको छ । दूतावासले बिहीबार एक जरुरी सूचना जारी गर्दै संयमता अपनाइ हाल बसोबास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रहन, युक्रेन सरकार र सम्बन्धीत कलेज/युनिभर्सिटी/कम्पनीद्धारा जारी निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएसम्म सडक रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका बडी सुरक्षित स्थानमा जान, राहदानी परिचय पत्र, सवारी चालक अनुमति पत्र, बैंकको कार्ड लगायतका कागाजात आफ्नो साथमा राख्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भारत र चीनबीच पुनः सिधा हवाई उडान सुरु

२०८२ कार्तिक ११ गते, सोमबार

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार

गोलभेडा प्रति किलो ७०० !

२०८२ कार्तिक ५ गते, मंगलवार