भारतको २९ विमानस्थल बन्द !

काठमाडौँ । भारत-पाकिस्तान तनावपछि भारतका ८ राज्यका २९ विमानस्थलहरू मे १० सम्म बन्द गरिएका छन् । यी राज्यहरू जम्मू कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेश हुन् । बिहीबार दिल्ली विमानस्थलका ९० उडानहरू रद्द गरिएका छन् ।
पाकिस्तानले भारतमाथि ड्रोन आक्रमण गरेपछि नागरिक उड्डयन विभागले नयाँ एडभाइजरी जारी गरेको छ । अब यात्रुहरूले दोहोरो सुरक्षा जाँच गर्नुपर्नेछ । यस सम्बन्धमा एयर इन्डिया, अकासा, स्पाइसजेट र इन्डिगो एयरलाइन्सले पनि ३ घण्टा अगाडि विमानस्थलमा पुग्न आग्रह गरेका छन् । श्रीनगर विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ । जम्मू कश्मीर, पञ्जाब, हरियाणा, राजस्थान र गुजरातका सीमावर्ती जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन् ।
२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाको जवाफमा भारतले ६ मे राति अबेर पाकिस्तान र पीओकेमा रहेका ९ आतंकवादी अड्डाहरूमा हवाई हमला गरेको थियो । यसमा १०० भन्दा बढी आतंककारीहरू मारिएका थिए ।