राजनीति

बंगलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित

काठमाडौँ । परराष्ट्र मन्त्रालयले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएको छ। मन्त्रालयले गएराति एक प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको जनाएको हो।मन्त्रालयले विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको पनि जनाएको छ । तत्काल कुनै सहयोग आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न सकिने पनि मन्त्रालयले उल्लेख गरेको छ।बंगलादेशमा […]

२०८१ श्रावण ५ गते, शनिबार

महासचिव विप्लव सीद्वारा युवाहरुलाई नेपालको‌ कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले युवाहरुलाई नेपालको‌ कम्युनिस्ट आन्दोलन र संघर्षलाई अन्तर्राष्ट्रियकरण गर्न निर्देशन दिएका छन् । शुक्रबार बिहान महासचिव विप्लव सीलाई भेट्न पुगेका International League of Socialist Youth (ILSY) को टोलीलाई भेट्दै उनले सो निर्देशन दिएका हुन् । उक्त भेटमा महासचिव विप्लव सीसंग समाजवादी मोर्चा नेपालमा विकसित भएको परिस्थिति , युवाको […]

२०८१ श्रावण ४ गते, शुक्रबार

नेकपा (एस)मा ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेयले सो पार्टीमा ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित भएको जानकारी दिएका छन् । नेता पाण्डेयले समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेसी २०, थारू नौ, मुस्लिम छ, अल्पसङ्ख्यक तीन र अपाङ्गता भएका व्यक्ति दुई प्रतिशत हुनेगरी प्रतिनिधित्वको सुनिश्चितता गरेको बताए।उनका […]

२०८१ श्रावण ४ गते, शुक्रबार

१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्टयाउने कार्य नगर

काठमाडौँ । दलित समाजवादी मोर्चा नेपालले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्टयाउने कार्य नगर्न आग्रह गरेको छ। मोर्चाले शुकबार एक बिज्ञप्ति जारी गर्दा नयाँ सत्ता गठबन्धनको सोंच र क्रियाकलापले देशलाई १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु – लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक-समावेशी सहितकाे नेपालकाे संविधान नै उल्टयाउने र […]

२०८१ श्रावण ४ गते, शुक्रबार

कामपाको फुटपाथ विस्तारको काममा फेरि अवरोध !

काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको फुटपाथ विस्तारको काममा फेरि अवरोध भएको छ । महानगरपालिकालेउच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि बुधबारदेखि पुनः काम सुरु गरेको थियो। तर, स्थानीयहरु सडक नखन्न आग्रह गर्दै आन्दोलनमा उत्रिएका छन्। अहिले सो क्षेत्रमा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ।यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत […]

२०८१ श्रावण ४ गते, शुक्रबार

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले साउन ६ गते आइतबार ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । राजनीतिक माहोल जतिखेर पनि बिग्रन सक्ने हुनाले ओलीलै सक्दो छिटै विश्वासको […]

२०८१ श्रावण २ गते, बुधबार

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए ।सरकारको कानूनी […]

२०८१ श्रावण २ गते, बुधबार

मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला अलग

काठमाडौँ । एकता भएको १६ महिना नपुग्दै मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन: फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोलाले मंगलबार एक वक्तव्य निकाल्दै फुटको घोषणा गरेका हुन् ।मंगलबार बाँस्तोलाले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका छन् । उनले विज्ञप्ति मार्फत पार्टी विभाजन भएको संकेत […]

२०८१ श्रावण २ गते, बुधबार

‘बी. आर. आई. भ्रम र वास्तविकता´ बिषयक अन्तरक्रिया हुँदै

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘वेल्ट एण्ड रोड इनिसियटिभ( बी.आर.आई)भ्रम र वास्तविकता’ बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। यहि साउन ३ गते बिहिबार कमलादीस्थित प्रज्ञाभवनमा हुने उक्त कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङ, सिमाविद हिरण्यलाल श्रेष्ठ, पुर्वाधार विज्ञ डा. सुरेशराज […]

२०८१ श्रावण १ गते, मंगलवार

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ । समाजवादी मोर्चा नेपालको बैठक आज अपरान्ह ४ बजे नेकपा (एकीृकत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बस्न लागेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी , नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेका छन् […]

२०८१ श्रावण १ गते, मंगलवार