समाज

आजदेखि नयाँ नोट सटही सुविधा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार, छठलगायत चाडबाडलाई लक्षित गरी आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । बैङ्कले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको छ ।काठमाडौँ […]

२०८० आश्विन २९ गते, सोमबार

बडादसैं सुरु, आज घटस्थापना

काठमाडौँ । आज आश्विन शुक्ल प्रतिपदा आजदेखि बडा दसैं सुरु भएको मानिन्छ। नवरात्रको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिन्छ। । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति […]

२०८० आश्विन २८ गते, आईतवार

थारु समुदाय ‘यमोसा पर्व ’ मनाउँदै

काठमाडौँ । नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँदै छन् । लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस वर्ष नवलपुर […]

२०८० आश्विन २७ गते, शनिबार

मनाङ एअरको हेलिकप्टर दुर्घटना

काठमाडाैं। सोलुखुम्बुको लोबुचेमा मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ। ओखलढुंगाको रुम्जाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उनी सुरक्षित रहेका मनाङ एअरले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरमार्फत राजधानीको ह्याम्स […]

२०८० आश्विन २७ गते, शनिबार

इजरायलबाट नेपालीको उद्धार सुरू

काठमाडौँ । नेपाल वायु सेवा निगमको विमानबाट हमासको आक्रमणमा घाइते भएका धनबहादुर चौधरीसहित २ सय ५४ जना नेपाली स्वदेश फर्केका छन् । इजरायलमा हमासको आक्रमणपछि स्वदेश फर्कने नेपालीहरुको पहिलो टोली शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगेका हुन् । नेपालीहरुलाई नेपाल लिएर काठमाडौं आएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका अन्य नेपालीको उद्धारका […]

२०८० आश्विन २६ गते, शुक्रबार

बौद्धमा गोली चल्यो : लुटेरा समूह नियन्त्रणमा

काठमाडौँ । । काठमाडौंको बौद्धमा लुटेरा समूहलाई नियन्त्रणमा लिन क्रममा प्रहरीले गोली चलाएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो दुई राउण्ड गोली चलाएर लुटेरा समूहलाई नियन्त्रणमा लिएको हो । तीन वटा मोटर साइकल चढेर आएका लुटेरा समूहलाई पिछा गर्दै गएको प्रहरीले जगडोलमा पुग्दा लुटेरा समूहले प्रहरीलाई पेस्तोल ताकेपछि गोली प्रहार गरी […]

२०८० आश्विन २५ गते, बिहीबार

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णसहित ३ जनालाई थुनामा राख्न आदेश

काठमाडौँ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डा. कर्णसहित शिशु खरिद गर्ने मोरङ कटहरी गाउँपालिका –२ आर्दशटोलका सूर्यनारायण राजवंशी र शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका –४ का गोविन्द राईलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको अदालतका […]

२०८० आश्विन २५ गते, बिहीबार

इन्जिनियर लाइसेन्स लिन ६ हजारको आवेदन

काठमाडौँ। नेपाल इन्जिनियरिङ परिषद्का अनुसार इन्जिनियरिङमा स्नातक गरेका ६ हजार २३ जनाले लाइसेन्स परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेका छन् । परिषद्ले एक महिनाको म्याद दिएर लाइसेन्स फाराम खुला गरेको थियो । परीक्षा आगामी मङ्सिरमा सञ्चालन गरिने छ । परिषद्का रजिष्ट्रार शिवमङ्गल गिरीले आवेदकको प्रमाणपत्र छानबिन गर्न बाँकी रहेको र अन्तिम नामावलीपछि प्रकाशित गरिने बताउनुभयो । विगतमा आवेदन दिएकाजतिलाई […]

२०८० आश्विन २४ गते, बुधबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समुहले कालोमोसो दलेको छ । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । प्रसाईंले काठमाडौंस्थित एलोप्यागोडा होटलमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए । त्यहाँ जाने क्रममा उनीमाथि कालोमोसो दलिएको हो । कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रिवस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश […]

२०८० आश्विन २२ गते, सोमबार

अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ । अग्रिम टिकट बुकिङ खुला भएको छ। आजदेखि दशैंलाई लक्षित गरेर सार्वजनिक सवारी साधनमा पुरानै भाडादर कायम गरेर अग्रिम टिकट बुकिङ खुलेको हो। अघिल्ला वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने ढिलाई भएको हो। यातायात […]

२०८० आश्विन २२ गते, सोमबार