विश्व संगीत दिवस मनाइँदै

२०८० असार ६ गते, बुधबार


काठमाडौँ । आज जुन २१ तारिख अर्थात विश्व संगीत दिवस । विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँंदै छ ।
सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस पहिलोपटक मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व संगीत दिवस मनाउने गरिएको हो । अहिले विश्वका एक सय बढी देशमा संगीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको हो । बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको नेपालमा मादल, सारंगी देखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि बिनायो सम्म मौलिकता थप्ने बाजाहरू छन् । संगीत दिवसको अवसरमा नेपाल सांगितिक संघले काठमाडाैंमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार