आर्थिक शिखर सम्मेलन सुरु हुदै

२०७० फाल्गुन १२ गते, सोमबार


काठमाडौं, १२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ र सरकारको संयुक्त आयोजनामा आजदेखि ‘लगानी गन्तव्य नेपाल’ भन्ने नाराका साथ ‘नेपाल आर्थिक शिखर सम्मेलन’ हुँदैछ ।
संविधानसभा निर्वाचनपछि मुलुक क्रमशः राजनीतिक स्थायित्वतर्फ उन्मुख भइरहेको सन्दर्भमा वैदेशिक पुँजी आकार्षित गर्न तथा लगानीसम्बन्धी नीतिगत सुधार तथा लगानीको वातावरण बन्दै गएको सन्देश प्रवाह गर्न सम्मेलन हुन लागेको हो ।तीनदिने सम्मेलनमा भारत, जापान, बङ्गलादेश, मलेसिया, सिङ्गापुर, बेलायत, अमेरिका अस्ट्रेलिया, श्रीलङ्का र मङ्गोलियाका विज्ञ, सरकारी र निजी क्षेत्रका प्रतिनिधि सहभागी हुँदैछन् ।कृषि, पर्यटन, जलविद्युत्, पूर्वाधार निर्माणलगायत लगानीयोग्य क्षेत्रमा पुँजी प्रवाह गरी मुलुकको आर्थिक वृद्धिमा योगदान गर्ने लक्ष्यका साथ आयोजित उक्त सम्मेलन सरकार र निजी क्षेत्रको सहकार्यमा पहिलो पटक हुन लागेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बैंकको ब्याजदर घट्यो !

२०८३ श्रावण ३१ गते, आईतवार