डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँ घट्यो

२०८० जेष्ठ ३ गते, बुधबार


काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । एकै पटक अत्याधिक रकम घटेर रेकर्ड नै कायम भएको हो ।
निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । म‌गलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो । सोही अनुसार सञ्चालक समिति बैठकले मंगलबार राति डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २७.६४ अंकले घट्यो

२०८२ कार्तिक १९ गते, मंगलवार

कुल निक्षेप ७४ खर्ब ७५ अर्ब !

२०८२ कार्तिक १९ गते, मंगलवार

१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी

२०८२ कार्तिक १९ गते, मंगलवार

नेप्से ८ दशमलव २४ अङ्कले घट्यो

२०८२ कार्तिक १८ गते, सोमबार