नेप्से परिसूचक ११.९० अंकले घट्यो
काठमाडौँ । नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा बन्द भएको छ । आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको शेयर मूल्यमा गिरावट आउँदा बजार रातो देखिएको छ। ६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
दिनभरिमा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड १९ लाख १२ हजार ५५० कित्ता शेयर किनबेच भएको छ। कुल ४३ हजार ६८५ पटकको कारोबारमा ३५६ वटा स्क्रिप्स समेटिएका छन्।
