रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

२०८३ आश्विन १७ गते, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बताइएको छ। बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा, विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा बैठकमा छलफल बताइएको छ ।
केन्द्रीय समिति‌ र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची छ। साथै मधेस प्रदेश संगठनको अडिट रिपोर्ट सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]