बरामद ७० हजार किलो चिनी बिक्री हुँदै

२०८० आश्विन २३ गते, मंगलवार


काठमाडौँ। साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत काठमाडौंको कुलेश्वरस्थित एक गोदाममा व्यापारीले लुकाएर राखेको अभियोगमा बरामद गरेको ७० हजार किलो चिनी बिक्री गर्न सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार उक्त चिनी कर्पोरेशनलाई बिक्री गर्न दिनका लागि उपलब्ध गराइएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज ४ गते कुलेश्वरस्थित गृहेश्वरी ट्रेड लिंकको गोदामबाट १४ सय बोरा (७० हजार किलो) बरामद गरेको थियो ।
विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार उक्त चिनी गुणस्तर परीक्षणपछि खानयोग्य रहेकाले बजारमा बिक्री गर्नका लागि कर्पोरेशनलाई उपलब्ध गराइएको हो । विभागले बरामद गरेको चिनीको नमूना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा सुक्षम विश्लेष्णको लागि पठाइएको थियो ।
‘विभागले उक्त चिनी खान योग्य रहेको प्रतिवेदन दिएपछि अहिलेको बजारको आवश्यकता पुरा गर्नका लागि उक्त चिनी बिक्री गर्नका लागि उपलब्ध गराएका छौं,’ विभागका महानिर्देशक चिलुवालले भने ।
व्यवसायी सन्तोष अग्रवाल (खेतान) को गुह्वेश्वरी ट्रेडिङको गोदाममा भेटिएको उक्त चिनीको बोरामा लेबल उल्लेख नभएको अभियोगमा ३ लाख रुपैयाँसमेत जरिवाना गरेको थियो ।
चिनीको अवैध भण्डारण गर्ने फर्मलाई वाणिज्य विभागले कमजोर कारबाही गरेर उन्मुक्ति दिएको भन्दै आलोचना भइरहेको बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त चिनी सहुलित पसलमा बिक्री गर्ने निर्णय गरेको थियो ।
कर्पोरेशनका सह महाप्रवन्धक कुमारराज भण्डारीकाअनुसार प्रतिकिलो ९७ रुपैयाँ उपभोक्ता मूल्य कायम हुने गरि प्रति परिवारलाई २ किलोका दरले उक्त चिनी सुपथ मूल्य पसलमार्फत उपलब्ध गराउन थालिएको छ । यो चिनी सरकारी स्वामित्वको खाद्य व्यापार तथा व्यवस्था कम्पनीको सुपथ मूल्य पसलमार्फत पनि बिक्री हुँदैछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार