स्रोत नखुलेको १ करोडभन्दा बढी नगदसहित एकजना पक्राउ

२०८१ जेष्ठ २० गते, आईतवार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा उक्त रकम फेला पारेका हाे ।
प्रहरीले कार चालक सुनसरीको हरिनगर गाउँपालिका ५ का ३७ वर्षिय ईसा अन्सारीलाई पक्राउ गरेको छ । उनलाई राजस्व अनुसन्धानको कार्यलय इजहरीमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।
प्रारम्भिक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन नसकेको र सो रकम हुण्डीको हुनसक्ने प्रहरीले जनाएको छ । बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार