सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँ

२०८१ श्रावण २१ गते, सोमबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५० हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु