अण्डाको भाउ ह्वात्तै बढ्यो !

२०८३ श्रावण ५ गते, मंगलवार


काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले साउन लागेपछि ४ दिन फरकमा २ पटक अन्डाको भाउ बढाएको छ । संघले प्रतिक्रेट अन्डाको भाउ ५० रुपैयाँ बढाउने निर्णय भएको जनाएको छ । संघले पहिलो पटक १ साउनमा बैठक बसी २ देखि लागु हुने गरी मूल्य बढाएको थियो भने त्यसको ४ दिन पुग्न नपाउँदै पुन: साउन ५ मा अर्को बैठक डाकेर साउन ६ देखि लागु हुने गरी दोस्रो पटक मूल्यवृद्धि गरेको छ ।
पछिल्लो संशोधित दर अनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ६५ बाट बढाएर ५ सय १५ रुपैयाँ पुर्‍याइएको छ भने ४ सय ५० रुपैयाँमा बिक्री भइरहेको ठूलो अन्डाको मूल्यवृद्धि गरी ५ सय रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी ४ सय २० रुपैयाँ रहेको मिडियम अन्डाको भाउ ४ सय ७० रुपैयाँ पुगेको छ भने सानो अन्डाको मूल्यमा प्रतिपेटी २ सय वृद्धि भई २ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
संघले सबै प्रकारका अन्डाको फार्म मूल्यमा प्रतिक्रेट ५० रुपैयाँसम्म वृद्धि गरेसँगै उपभोक्ताका लागि प्रति गोटा अन्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु