प्रवास

स्वास्थ्य सुविधा कटौतिविरूद्ध चीनका ज्येष्ठ नागरिक सडकमा

काठमाडौँ । चीनमा स्वास्थ्य सुविधामा कटौती गरिएको भन्दै ज्येष्ठ नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् । वुहान र दालिआन शहरका ज्येष्ठ नागरिकरू बढ्दो महँगी अनुसार भत्ता नपाएको र स्वास्थ्य सुविधा कटौती गरिएको विरोध प्रदर्शनमा उत्रिएका हुन् । सरकार विरोधी प्रदर्शन विरलै हुने चीनमा केही महिना अघि कठोर कोभिड नीति विरुद्ध देशब्यापी प्रदर्शन भएको थियो भने अहिले ज्येष्ठ […]

२०७९ फाल्गुन ४ गते, बिहीबार

पाकिस्तानद्वारा पोलियो खोप अभियान सुरु

काठमाडौं । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले ३९ जिल्लामा सोमबारदेखि पाँच वर्षमुनिका ६० लाखभन्दा बढी बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु गर्ने जनाएको छ । गत महिना देशको पूर्वी लाहोर सहरमा फोहोरको नमुनामा वाइल्ड पोलियोभाइरस पोजेटिभ देखिएपछि पाँचदिने पोलियो अभियान प्रारम्भ गरिएको मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।यो अभियान उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तको […]

२०७९ फाल्गुन १ गते, सोमबार

भारतीय सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई विदेशी भन्ने वाक्यांश सच्यायो

काठमाडौँ। भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ। आमहडतालदेखि बिशाल आन्दोलन हुन थालेपछि सो टिप्पणी सच्याएको हो । केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शब्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरेपछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शब्द हटाउने निर्णय गरेको हो। न्यायाधीशद्वय एमआर साह र भीवी […]

२०७९ माघ २६ गते, बिहीबार

युरोपेली यूनियनकी आयुक्त उर्पिलाइनेन नेपाल आउने

काठमाडौं । युरोपेली यूनियन (ईयू) की आयुक्त जुट्टा उर्पिलाइनेन यहि माघ २५ गते बुधबार नेपाल आउने बताइएको छ । ईयूको काठमाडौंस्थित राजदूतावासका अनुसार आयुक्त उर्पिलाइनेन बुधबार नेपाल भ्रमणमा आउने छिन । ईयुका अनुसार उनले पोषण, शिक्षा र ग्रिन रिकभरी लगायतका एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । उनले भ्रमणका क्रममा प्रविधि, ऊर्जा, यातायात र […]

२०७९ माघ २३ गते, सोमबार

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

काठमाडौँ । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । ७९ वर्षको उमेरमा मुसर्रफको निधन भएको बीबीसीले जनाएको हाे । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन अस्पताल दुबईमा उपचाररत थिए । मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए । सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ स्कुल […]

२०७९ माघ २२ गते, आईतवार

नेपालीले जिते ८२ करोड ७० लाखको चिठ्ठा !

काठमाडौं । यूएईमा एक नेपालीले ८२ करोड ७० लाख रुपैयाँभन्दा बढीको चिठ्ठा हात पारेका छन् । सात वर्षदेखि कतारको दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत रञ्जितकुमार पालले उक्त रकम बराबरको चिठ्ठा हात पारेका हुन् । उनले अबुधाबीमा बिग टिकट र्‍याफल ड्रको सिरिज २ सय ४८ मा झण्डै ८३ करोड रुपैयाँको चिठ्ठा जितेको खलिज टाइम्सले जनाएको छ […]

२०७९ माघ २१ गते, शनिबार

अमेरिकालाई एक चीन नीति पालना गर्न पुनः आग्रह

काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति जारी अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन । उनले दुई देशबीचको सम्बन्धलाई खलल पुर्‍याउने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन् । अमेरिकी रिपब्लिकन कंग्रेसका केभिन म्याकार्थीले केही सातापछी ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी […]

२०७९ माघ १७ गते, मंगलवार

पाकिस्तानमा प्रहरी लक्षित बम हमलामा मृत्यु हुनेको सङ्ख्या ५९ पुग्यो

काठमाडौँ । पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा प्रार्थना गरिरहेका प्रहरी लक्षित आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ। उक्त मस्जिद कडा सुरक्षा व्यवस्थापन भएको प्रहरी मुख्यालय क्षेत्र भित्र अवस्थित छ। “आतङ्कवादीहरू पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी भएकाहरूलाई हमला गरेर डर पैदा गर्न चाहन्छन्,” प्रधानमन्त्री शहबाज शरिफले भने। पाकिस्तानी तालिबानले आफ्नो एक कमान्डरको प्रारम्भिक दाबी […]

२०७९ माघ १७ गते, मंगलवार

प्रहरीको गोली लागेर स्वास्थ्यमन्त्री दासको मृत्यु

काठमाडौं । भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको प्रहरीको गोली लागेर घाइते भएका मृत्यु भएको छ । आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा दासमाथि एक प्रहरीले गोली हानेका थिए । गोली लागेलगत्तै उनलाई हवाई एम्बुलेन्समार्फत् उपचारका लागि भुवनेश्वरस्थित एक निजी अस्पताल लगिएको थियो । चिकित्सकहरुले स्वास्थ्यमन्त्री दासलाई बचाउन कोसिस गरे पनि असफल भएको बताएका […]

२०७९ माघ १६ गते, सोमबार

अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आउँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपालमा आउँदै छिन । भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइएको छ । उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकि थिइन् । त्यसअघि […]

२०७९ माघ १४ गते, शनिबार