अर्थ

सीमा नाका खुल्यो

काठमाडौं, १२ बैशाख। भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर राख्दै मंगलवारदेखि बन्द भएको सीमा नाका शुक्रबार बिहान खुलेको छ । सुरक्षालाई मध्यनजर राख्दै मोरङ, सुनसरी, झापा र सप्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकाहरु मंगलबार साँझदेखि तीन दिनका लागि बन्द गरिएको थियो । बिहार राज्यको विभिन्न जिल्लामा बिहीबार मतदान भएको थियो । पुर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले […]

२०७१ बैशाख १२ गते, शुक्रबार

घरजग्गा मेला वैशाख २५ देखि

काठमाडौं, ११ बैशाख। नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा वैशाख २५ देखि ‘एनएलएचडीए घरजग्गा मेला’ हुने भएको छ । संघले चौथो पटक आयोजना गर्न लागेको मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ । मेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव तथा एक्स्पो संयोजक मीनमान श्रेष्ठले घरजग्गा कारोबार व्यवस्थित र गतिशील बनाउन एक्स्पोबाट सहयोग पुग्ने […]

२०७१ बैशाख ११ गते, बिहीबार

प्रत्येक सभासदलाई १०/१० लाख बाँडिदै

काठमाडौं, १० बैशाख। निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद विकास कोष) का नाममा सरकारले संविधानसभा सदस्यलाई राज्यकोषको झन्डै ६० करोड रुपैयाँ बाँड्ने तयारी गरेको छ।निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा पटक–पटक बाँडिएको करोडौं रकममा व्यापक अनियमितता भएको खुलासा भए पनि सरकारले फेरि ६ सय १ सभासदलाई १० लाख रुपैयाँका दरले उपलब्ध गराउने तयारी थालेको छ । सभासदलाई […]

२०७१ बैशाख १० गते, बुधबार

आयल निगम पेट्रोलको पैसा पठाउँदै

काठमाडौ, ९ बैशाख । नेपाल आयल निगमले भारतीय आयल निगमलाई तिर्ने बाँकी बक्यौता आज तिर्ने भएको छ । पेट्रोलयम पदर्थाको आपूर्ति आजबाट सहज हुने भएको छ । सरकारले दिने भनेको साढे २ अर्ब ऋण आउन ढिला हुने भएकाले आफ्नो स्रोतबाट निगमले झण्डै ५ अर्ब पठाउन लागेको बताएको छ । भारतीय आयल कर्पोरेसनलाई १० अर्ब रुपैयाँ […]

२०७१ बैशाख ९ गते, मंगलवार

दुइ दर्जन आईएनजीओ खारेजीमा पर्दै

काठमाडौ, ८ वैशाख ।समाज कल्याण परिषद्ले सम्झौता नगरी नेपालभित्र कार्यक्रम चलाउँदै आएका २६ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) लाई खारेजीको सिफारिस गरेको छ । ती संस्थाले विधानविपरीत विभिन्न मन्त्रालयसँग सीधै सम्झौता गरी कार्यक्रम चलाएकाले खारेजीका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा सिफारिस गरिएको हो । समाज कल्याण परिषद् ऐन २०४९ अनुसार परिषद्सँग साधारण सम्झौता गरेका […]

२०७१ बैशाख ८ गते, सोमबार

बन्द भए क्यासिनो

काठमाडौं, ७ वैशाख । नेपालका विभिन्न पाँचतारे होटलमा संचालित १० वटै क्यासिनो आजदेखि बन्द भएका छन् । क्यासिनोहरुले नवीकरणका लागि निवेदन नदिएपछि सबै क्यासिनो बन्द गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले जनाएको छ । बार्षिक रुपमा बुझाउनु पर्ने रोयल्टी नबुझाएका कारण सरकारले सबै क्यासिनोलाई अबैध घोषणा गरेको हो । सरकारले नौ महिनासम्म पटक पटक […]

२०७१ बैशाख ७ गते, आईतवार

सबै क्यासिनो अबैध

काठमाडौं, ६ वैशाख ।सरकारले लामो समयदेखि बक्यौता र रोयल्टी तिर्न अटेर गर्दै आएका क्यासिनोहरूलाई अवैध घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शुक्रबार भएको मन्त्री स्तरीय निर्णयबाट क्यासिनोहरूलाई अवैध र गैरकानुनी घोषणा गरिएको हो।पटक–पटक मौका दिँदा पनि ती क्यासिनोले पुरानो बक्यौता, चालु आर्थिक वर्षको रोयल्टी र जरिवाना नतिरेपछि अवैध ठहर गरिएको मन्त्रालयले जनाएको […]

२०७१ बैशाख ६ गते, शनिबार

उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे

काठमाडौं।निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे भाष्करराज राजकर्णिकारलाई १ सय ७७ मत अन्तरले पराजित गर्दै विजयी भएका छन्।महासंघको ४८ औं साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। एसोसियटतर्फका ५ सय ९० भोटमध्ये पाण्डेलाई २ सय ८९ भोट प्राप्त भएका छन् भने प्रतिद्वन्दी राजकर्णिकारले २ सय ९१ […]

२०७० चैत्र ३० गते, आईतवार

उद्योग वाणिज्य महासंघको साधारण सभा सुरुहुदै

काठमाडौ, २८ चैत।निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं साधारणसभा आजदेखि सुरु हुँदैछ ।साधारणसभाले आउँदो तीनवर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र उपाध्यक्ष प्रदीपजंग पाण्डेको समूह चुनावी मैदानमा छन् ।बरिष्ठ उपाध्यक्षमा राजकर्णिकार समूहका पशुपति मुरारका र पाण्डे समूहकी भवानी राणाबिच प्रतिस्पर्धा हुँदैछ । […]

२०७० चैत्र २८ गते, शुक्रबार

फोहोरपनि आम्दानीको स्रोत

काठमाडौं ।कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बजारबाट निस्कने फोहोर व्यवस्थापन गर्न मासिक ३ लाख रुपैयाँ खर्च गर्दै आएकोमा अबदेखि त्यही फोहोर बेचेर आम्दानी गर्ने भएको छ । पछिल्लो समय प्रांगरिक फोहोरलाई बंगुरलगायतको पशुको दाना र मल उत्पादन जस्ता उपयोगी काममा लगाउने क्रम बढेपछि कालिमाटीको खेरजाने तरकारी पनि उपयोगी हुने देखिएको हो । फोहोरको […]

२०७० चैत्र २७ गते, बिहीबार