जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने
काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिको भनाइ छ । समितिका अनुसार नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास […]
२०७८ जेष्ठ १० गते, सोमबार