मुख्य समाचार

‘देश र जनताको रक्षा गर्न समाजवाद अनिबार्य’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले देश र जनताको रक्षा गर्न समाजवाद अनिबार्य भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोद्वारा शुक्रवार नेपालगन्जमा आयोजित ‘बैदेशिक हस्तक्षेप र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।महासचिव विप्लव सीले माओवादी जनयुद्ध र जनआन्दोलन […]

२०८१ बैशाख १ गते, शनिबार

‘समाजवादको बहस छेड्नुपर्ने बेला भयो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले सामान्तवादको विरुद्ध एकीकृत धावा बोलेका पत्रकारहरुले अब समाजवादको बहस छेड्नुपर्ने बेला भएको बताएका छन् । बिहीबार बुटवलमा जनप्रचार तथा प्रकाशन प्रा.लि.द्वारा आयोजित “वर्तमान राजनीतिक, आर्थिक संकट र त्यसमा सञ्चारको प्रभाव” विषयक अन्तर्कृया कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमाथि वक्ताहरुले गरेका प्रश्न […]

२०८० चैत्र ३० गते, शुक्रबार

वर्तमान राजनीतिक संकटको समाधानका लागि नेपाली विशेषताको समाजवाद उत्तम विकल्प

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले वर्तमान राजनीतिक संकटको समाधान नेपाली विशेषताको समाजवाद अहिलेको उत्तम विकल्प भएको ठोकुवा गरेका छन । समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव […]

२०८० चैत्र ३० गते, शुक्रबार

‘विज्ञानको विरुद्धमा धर्म प्रयोग गरेर कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र हुँदैछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादले विज्ञानको विरुद्धमा धर्म प्रयोग गरेर नेपालमा कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र गरिरहेको बताएका छन् । मङ्गलबार युवा संगठन नेपालको धनगढीमा जारी पाचौं राष्ट्रिय सम्मेलनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।महासचिव विप्लव सीले कम्युनिस्टहरुले नयाँ खोज अनुसन्धानमा जोड दिने र विज्ञानबाट प्रमाणित कुरालाई प्रयोग गर्दै जनतामा […]

२०८० चैत्र २७ गते, मंगलवार

‘देशलाई सैन्य अखडा बनाउने अमेरिकी सपना पूरा हुन दिदैनौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देशलाई सैन्य अखडा बनाउने अमेरिकी सपना पूरा हुन नदिने बताएका छन् । शनिबार धनगढीको खुल्ला मञ्चमा आयोजित युवा संगठन नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको उदघाटन सत्रमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । महासचिव विप्लवले एमसीसीमार्फत नेपाल पसेको अमेरिकाले एमसिएमार्फत नेपालमा सैन्य अखडा बनाउने सपना नेपाल कम्युनिष्ट पार्टी […]

२०८० चैत्र २५ गते, आईतवार

साहित्य र कला विचारधारात्मक र राजनीतिक सङ्घर्षको भिन्न मोर्चा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीले साहित्य र कला, विचार धारात्मक र राजनीतिक सङ्घर्षको भिन्न मोर्चा भएको बताएका छन् । शनिवार आयोजित लेखक तिलक शर्माकृत संस्मरण सङ्ग्रह ‘बन्द पर्खाल’ को लोकार्पण कार्यक्रममा मन्तब्य राख्दै उनले सो कुरा बताएका हुन ।उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटा ‘कञ्चन’ले […]

२०८० चैत्र २५ गते, आईतवार

बृहत समाजवादी मोर्चाको बहस चलाएका विप्लव जब चैते धानको बीउ काढ्न खेतमा पुगे

काठमाडौँ । चैत्र २० गते दिउँसो राष्ट्रिय सभागृहबाट नेपालका सम्पूर्ण कम्युनिस्ट, प्रगतिशील, देशभक्तहरुलाई एक ठाउँमा ल्याउने र इमानदारीपूर्वक जनताको मनोभावना बुझ्दै देशको नेतृत्व गर्ने उद्घोष गरिरहदा विप्लवलाई बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,झलनाथ खनालले चासो र उत्साहका हेरिरहेका थिए ।सभागृहमा विप्लवको अध्यक्षतामा नेपाली विशेषताको समाजवाद विषयक बृहत अन्तरक्रिया कार्यक्रममा विप्लवले देश बनाउने अवधारणा […]

२०८० चैत्र २२ गते, बिहीबार

वर्तमान राजनीतिक समस्याको समाधानका लागि नेपाली विशेषताको समाजवाद अनिबार्य

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका तथा समाजवादी मोर्चाका संयोजक  बिप्लव सीले  वर्तमान राजनीतिक समस्या  समाधानका लागि  नेपाली विशेषताको समाजवाद अनिबार्य भएको  ठोकुवा गरेका छन् । मंगलबार समाजवादी मोर्चा नेपालले आयोजना गरेको  ‘नेपाली विशेषताको समाजवाद’ बिषयक बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  उनले सो ठोकुवा गरेका हुन् ।   उनले  दलाल पुँजीवाद अन्त्य नभएसम्म जनताको अधिकार स्थापित […]

२०८० चैत्र २० गते, मंगलवार

देश र जनताको मुक्तिका लागि क्रान्तिकारीबीच सहकार्य र एकता अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक बिप्लव सीले सच्चा देश र जनताको मुक्तिका लागि क्रान्तिकारीहरुको सहकार्य र एकता अनिबार्य भएको बताएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको आयाेजनामा भएको एकता तथा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।महासचिव विप्लव सी ढिला नगरि ध्रुवीकरणमा लाग्नुपर्ने र यसको […]

२०८० चैत्र २१ गते, बुधबार

‘क्रान्तिको झण्डालाई कहिल्यै झुक्न दिदैनौं ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले क्रान्तिको झण्डालाई कहिल्यै झुक्न नदिने उदघोष गरेका छन् । सो पार्टीद्वारा सोमबार आयोजित शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो उदघोष गरेका हुन्। महासचिव विप्लव सी ले कम्युनिस्ट पार्टीको झण्डालाई आफूहरुले माथि उठाउने उदघोष गर्दै साम्यवाद प्राप्त नहुञ्जेलसम्म कम्युनिस्ट […]

२०८० चैत्र १९ गते, सोमबार