राजनीति

नेकपा अर्घाखाँचीद्वारा चुनढुङ्गा उत्खनन् कार्यमा रोक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले चुनढुङ्गा उत्खनन् कार्य बन्द गराएको छ । सो पार्टीले भूगर्भ सिमेन्टद्धारा सञ्चालित उक्त चुनढुङ्गा उत्खनन् कार्यले सामाजिक, आर्थिक, पर्यावरण र पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको , अर्घाखाँचीमा ठोस उपलब्धि प्राप्त हुन नसकेको, प्रकृतिको चरम दोहन गर्ने चुनढुङ्गा भइरहेको यसलाई बन्द गराउनु पर्ने आम जनगुनासो आएपछि बन्द गरेको बताइएको छ ।नेपाल […]

२०७८ माघ १४ गते, शुक्रबार

न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौँ । प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर राणाले आज दिउँसो २ बजे न्याय सेवा आयोगको बैठक बोलाएका छन् । आयोगमा प्रधानन्यायाधीश राणा सहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य छन् । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा बसेका छन् । […]

२०७८ माघ १४ गते, शुक्रबार

जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न निर्देशन

काठमाडौं । मधेश प्रदेश सरकारले जनमत पार्टीका कार्यकर्ताले राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरमा आएका विभिन्न जिल्लाका जनप्रतिनिधिको सवारी साधन तोडफोड गरेको भन्दै कारवाही गर्न निर्देशन दिएको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति निकाली राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधि गर्नेहरुलाई कार्वाही गर्न निर्देशन दिएको […]

२०७८ माघ १३ गते, बिहीबार

नेकपा इलामद्वारा सहिद स्मृती प्रतिक्षालय निर्माण सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलामले सहिद स्मृती प्रतिक्षालय निर्माण कार्य थालेको छ । सानो पार्क सहित उक्त प्रतिक्षालय बन्न लागेको हो । इलाम स्थित माइ नगरपालिकाको शितली बजार देखि नजिकै चिया बारि शितल ताप्ने ठांउमै प्रतिक्षालय निर्माण हुन लागेको हो ।युवा अभियानका अभियान्ता र पार्टिका नेता कार्यकर्ता हरुको संयुक्त श्रमदानमा निर्माण प्रारम्भ भएको प्रतिक्षालय […]

२०७८ माघ १३ गते, बिहीबार

भिजिट भिसाको मापदण्ड बनाउन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउन समिति गठन गरेको छ । मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गठन भएको समितिले १५ दिनमा अध्ययन प्रतिवदेन बुझाउनुपर्ने छ । पछिल्लो समय भिजिट भिसा प्रयोग गरी दुबईलगायत मुलुकमा पुगेर अलपत्र पर्नेको संख्या बढेसँगै भिजिट भिसाको मापदण्ड बनाउन लागिएको हो । वास्तविक स्थितिको विश्लेषण र त्यसबाट […]

२०७८ माघ १३ गते, बिहीबार

वडाध्यक्ष र सचिवलाई कालाेमाेसाे !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) बझाङले वित्थडचिर गाउँपालिका वडा ८ का वडाध्यक्ष र वडा सचिवलाई कालाेमाेसाे दलेकाे छ । उक्त संगठनले जिल्लाको वित्थडचिर गाउँपालिका वडा ८ का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई लाखौँ रकम भ्रष्टाचार र अनियमितता गरेकोले कालाेमाेसाे दलेकाे बताएको छ ।साे संगठनका जिल्ला इन्चार्ज शंकर खाती र अध्यक्ष […]

२०७८ माघ ११ गते, मंगलवार

जनता समाजवादी पार्टी पुनः विभाजनको संघारमा

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी पुनः विभाजनको संघारमा पुगेको छ । महन्थ ठाकुर विभाजित भएको ६ महिना नपुग्दै जसपा केन्द्रीय कार्यकारिणी समितिभित्र चरम अल्पमतमा परेको प्रष्ट देखिएको छ । निरंकुश कार्यशैली, नेताहरूसँग सल्लाह नगरी आफूखुसी निर्णय गर्ने र सीमित जातीय घेरामा मात्र रहने स्वभावका कारण यादव एक्लिएको जसपाका नेताहरूको बयान आएको छ । पार्टी […]

२०७८ माघ १० गते, सोमबार

सरकार गैरजिम्मेवार र निष्प्रभावी !

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको बताएका छन । अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको तेस्रो लहरले जनजीवन आक्रान्त बन्दा पनि सरकार गैरजिम्मेवार बनेको ठोकुवा गरेका छन । उनले २४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेको भन्दै ‘कहाँ गयो त्यति धेरै […]

२०७८ माघ ९ गते, आईतवार

मधेस प्रदेशले जारी गरेको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब !

काठमाडौं । प्रदेश नामाकरण गरि ‘मधेश प्रदेश’ बनेको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ गायब भएको छ । मधेस प्रदेशले प्रदेश नामाकरण भयो भन्दै सार्वजनिक गरेको प्रकाशित राजपत्रमा भने पुरानै नेपालको नक्सा राखिएको छ । व्यवस्थापिका सांसदबाटै लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटिएको चुच्चे नक्सा सरकारी नक्साका रुपमा पास गरेको थियो । उक्त नक्सा संसदबाट पास भएको करिब […]

२०७८ माघ ९ गते, आईतवार

३३ दलीय मोर्चाको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा, नेपाल युवा किसान पार्टी र नेपाल शान्ति क्षेत्र परिषदको दल दर्ता खारेज गरेको छ । उनीहरूले समयमै निर्वाच आयोगलाई लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण खारेज गरेको बताइएको छ । समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई २० हजार रुपैयाँ जरीवाना गर्ने र सो जरीवाना नतिर्ने दलको दर्ता […]

२०७८ माघ ७ गते, शुक्रबार