समाज

‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुने जानकारी दिइन् । हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ ।आफ्नो भौगोलिक […]

२०८३ बैशाख ५ गते, शनिबार

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।त्यसैगरी, आज रााति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने […]

२०८३ बैशाख ४ गते, शुक्रबार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौँ । आज वैशाख कृष्ण पक्ष औँसी , मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आज आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।छोराछोरीले […]

२०८३ बैशाख ४ गते, शुक्रबार

जुडशीतल पर्व मनाइँदै

काठमाडौँ । नयाँ वर्षसँगै मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदैछ। नयाँ वर्ष २०८३ को प्रारम्भ भएसंगैै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइने भएको हो। वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई दिनसम्म मनाइने जुडशीतल पर्वमा मिथिलाञ्चलनमा कूलदेवताको पूजा गर्ने परम्परा रहिआएको छ।वैशाख १ र २ गते मनाइने यो पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र […]

२०८३ बैशाख १ गते, मंगलवार

नयाँ वर्ष वि. सं. २०८३ प्रारम्भ

काठमाडौँ । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ […]

२०८३ बैशाख १ गते, मंगलवार

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आइतबार बिहान कोशी प्रदेशको पहाडी-हिमाली भू-भाग आंशिक बादल लागेको हाे । साथै तराईका भू-भागमा भने मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।त्यस्तै, आइतबार दिउँसो भने कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । […]

२०८२ चैत्र २९ गते, आईतवार

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ । आज अप्रिल १२ अर्थात् अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस । आज मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदैछ। सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसंघको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा […]

२०८२ चैत्र २९ गते, आईतवार

२४ घण्टामा १७१९ जना सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् ।मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केट बत्ती उल्लङ्घनकर्ता १०२, तीव्र गतिमा सवारी हुइँक्याउने ९३, लेन अनुशासन पालना नगर्ने १७९ र सार्वजनिक यातायातका साधन […]

२०८२ चैत्र २८ गते, शनिबार

मेघगर्जन र चट्याङ्गसहित वर्षाकाे सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिकदेखि सामान्यतया सफा मौसम कायम छ। शनिबार कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने केही पहाडी क्षेत्रमा मेघगर्जन […]

२०८२ चैत्र २८ गते, शनिबार

बस दुर्घटना : २६ यात्रु घाइते

काठमाडौँ । कपिलवस्तुको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति सडकमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा ३ जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जनाको […]

२०८२ चैत्र २७ गते, शुक्रबार