समाज

चट्याङबाट १ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौँ । दैलेखमा चट्याङबाट १९ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ परेको चट्याङ लागेर महाबु गाउँपालिका–१ की ४२ वर्षीया भुमिसरा खत्रीको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । महाबु गाउँपालिका–१ ओखलढुङ्गास्थित मानबहादुर सेनको घरमा चट्याङ पर्दा उनकी श्रीमती पदमकुमारी सेन घाइते भएकी छन् । चट्याङबाट गोठमा बाँधेका केही […]

२०८० भाद्र २९ गते, शुक्रबार

राष्ट्रिय बाल दिवस मनाइदै

काठमाडौँ । आज राष्ट्रिय बाल दिवस। देशभर बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदैछ […]

२०८० भाद्र २९ गते, शुक्रबार

कुशे औँसी एवं बाबुको मुख हेर्ने दिनकाठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको […]

२०८० भाद्र २८ गते, बिहीबार

सर्वोच्चद्वारा रुकुम पूर्वको सदरमुकाम उपयुक्त स्थानमा तोक्न परमादेश

काठमाडौं । रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को (गोलखाडा) बनाउने तत्कालीन सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधबार सो रिटमाथि सुनु्वाइ गर्दै सर्वोच्चले मन्त्रिपरिषदको उक्त निर्णय बदर गरि मापदण्डका आधारमा उपयुक्त स्थानमा सदरमुकाम तोक्नु भनी सरकारको नाममा परमादेश समेत जारी गरेको छ ।२०७४ साल माघ १५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुम […]

२०८० भाद्र २८ गते, बिहीबार

नेपाली सेनाका गुल्मपति पण्डित मृत फेला

काठमाडौँ । दुई सातादेखि हराईरहेका डोल्पास्थित नेपाली सेनाका गुल्मपति मेजर बिमल पण्डित मृत अवस्थामा फेला परेका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा उनको शव फेला परेको हो । भेरीमा माछा मार्न गएकाहरुले खोलाको चेपमा शव देखेपछि प्रहरीलाई खबर गरेको र त्यसपछि गएको प्रहरी र नेपाली सेनाको टोलीले खोलाको चेपबाट शव निकालेर सदरमुकाम ल्याएको थियो ।सदरमुकाममा […]

२०८० भाद्र २७ गते, बुधबार

बालसुधार गृहमा झडप

काठमाडौँ । वीरगञ्जस्थित बाल सुधार गृहमा रहेका बन्दीहरुबीच विवाद बढेपछि झडप भएको र झडपमा परी केही बन्दीहरु घाइते भएको पर्सा प्रहरीले जनाएको छ । सुधार गृहमा रहेका दुई समूहबीचको विवादले झडपको रुप लिएको हो ।झडप नियन्त्रण गर्न प्रहरी परिचालन गरिएपछि बन्दीहरुले सुधार गृहमा ब्यापक तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा गरेका थिए । स्थितिलाई नियन्त्रणमा […]

२०८० भाद्र २७ गते, बुधबार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी […]

२०८० भाद्र २६ गते, मंगलवार

विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै

काठमाडौँ। आज आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।आज विश्व आत्महत्या रोकथाम दिवस […]

२०८० भाद्र २४ गते, आईतवार

महिलाहरुको सुरक्षा, आत्मसम्मान र अधिकारको रक्षा गर्न माग

काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारीले महिलाहरुको सुरक्षा, आत्मसम्मान, स्वभिमान र अधिकारको रक्षा गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन। अ.ने.म. संघ क्रान्तिकारीका अध्यक्ष बन्धु सीकाे नेतृत्वको टोलीले महिलाहरुमाथि हुने गरेका र भैरहेका विविध खाले समस्याहरुलाई बेलैमा सम्वोधन गरी महिलाहरुको सुरक्षा, आत्मसम्मान, स्वाभिमान र अधिकारको रक्षा गर्न राज्य र सरकार समक्ष जोडदार माग […]

२०८० भाद्र २४ गते, आईतवार

मलंगवामा झडप : सुरक्षाकर्मी तैनाथ

काठमाडौँ । सर्लाही सदरमुकाम मलंगवामा कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेपछि स्थानीय प्रशासनले सुरक्षाकर्मी तैनाथ गरेको छ । मध्यरातबाट अवस्था सामान्य भएपनि आज बिहानबाट फेरि टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा हुन थालेपछि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला […]

२०८० भाद्र २३ गते, शनिबार