समाज

नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि, बन्दकर्ताहरु बिहानैदेखि सडकमा

काठमाडौं । राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको माग गर्दै गरिएको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ। नेपाल कम्युनिस्ट पार्टीसहित अन्य पाँच दलको संयुक्त आयोजनामा आह्वान गरिएको थियो। केन्द्रिय कार्यक्रम अनुसार नेपाल बन्द सफल पार्न मकवानपुरमा पनि हिजो नेकपा सहित अन्य आठ दल र दुई मोर्चाको संयुक्त बैठक बसिएको थियो। बैठकको निर्णय अनुसार राष्ट्रहित विपरीत रहेको […]

२०७८ फाल्गुन ४ गते, बुधबार

किच्चकवध मेला नलाग्ने

काठमाडौँ । स्वस्थानी व्रत समाप्ति पूर्णिमाको दिन लाग्दै आएको धार्मिक पर्यटकीय क्षेत्र किच्चकवधमा कोभिड–१९ का कारण यस वर्ष पनि मेला नलाग्ने भएको छ । विगत दुई वर्षदेखि कोरना महामारीका कारण मेला रोकिएको छ । मेलामा भारतको विहारका विभिन्न स्थानदेखि झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट भक्तजनहरु श्राद्ध गर्न, पोखरीमा स्नान गर्न, सतीदेवीको मन्दिरमा पूजापाठ गर्न […]

२०७८ फाल्गुन ३ गते, मंगलवार

सहकारी विभागद्वारा ८८ बुँदे एकिकृत निर्देशन जारी

काठमाडौं । सहकारी विभागले ८८ बुँदे एकिकृत निर्देशन जारी गर्दै सहकारीहरुको मनपरीलाई नियन्त्रण गर्न खोजको छ । नयाँ निर्देशिका अनुसार सहकारीहरुमा प्रवद्र्धकबाट कर्मचारी राख्न निषेध गरिएको छ भने घर जग्गाको लगानी पनि बन्द गर्नुपर्ने छ । निजी कम्पनीमा लगानी गर्न बन्देज, सेवा केन्द्र स्थापना, बचत तथा ऋण परिचालन, सम्पति शुद्धिकरण निवारण सम्बन्धी व्यवस्था र सहकारी […]

२०७८ फाल्गुन २ गते, सोमबार

आज भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस

काठमाडौं । आज १४ फेब्रुअरी , भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस विश्वभर मनाइँदै छ । युवा युवतीले यसलाई विशेष चाड पर्वकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि भ्यालेन्टाइन्स डेमा विशेष तामझाम देखिने गरेको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम […]

२०७८ फाल्गुन २ गते, सोमबार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ सर्लाहीलाई ज्ञापनपत्र

काठमाडौँ। जनपत्रकार संगठन नेपाल सर्लाहीले पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघलाई मर्यादित, व्यवस्थित र जिम्मेवार बनाउन भन्दै संगठनले ज्ञापनपत्र बुझाएको हो । संगठनको केन्द्रीय नीति अनुसार संगठनका जिल्ला संयोजक राजेश पाठक नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएका हो । ‘नेपाली पत्रकारहरुको साझा संस्थाको रुपमा चिनिने नेपाल पत्रकार महासंघलाई पनि साझा, मयादित, अनुशासित र […]

२०७८ फाल्गुन १ गते, आईतवार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ नुवाकोटलाई ज्ञापनपत्र

काठमाडौं । जनपत्रकार संगठन नेपाल नुवाकोटले पत्रकार महासंघ नुवाकोटलाई ७ बुदे ज्ञापनपत्र बुझाएको छ । जनपत्रकार संगठन नेपाल नुवाकोटका अध्यक्ष रोजिना नेपालीईंको नेतृत्वमा गएको टोलीले पत्रकार महासंघ नुवाकोटलाई सो ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा पत्रकारहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, पेशागत सुरक्षा र रोजगारको ग्यारेण्टी हुने व्यवस्था कार्यान्वयन गर्न मागगर्दै कोरोनाको कारण रोजगारबाट निकालिएकालाई पुर्नबहाली गर्न […]

२०७८ माघ २८ गते, शुक्रबार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ काभ्रेलाई ज्ञापनपत्र

काठमाडौं । जनपत्रकार संगठन नेपाल काभ्रेले पत्रकार महासंघ काभ्रेलाई ७ बुदे ज्ञापनपत्र बुझाएको छ । जनपत्रकार संगठन नेपालका काभ्रे जिल्ला अध्यक्ष नकुल चौलागाईंको नेतृत्वमा गएको टोलीले शाखाका कार्यबाहक अध्यक्ष बिनोद न्यौपाने र सचिब कपिल कोइराला लाई भेटेर उनकै कार्यकक्षमा पुगि ज्ञापनपत्र बुझाएको हो । नेपालको पत्रकारिता क्षेत्र र सम्पूर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई […]

२०७८ माघ २७ गते, बिहीबार

विद्युत बक्यौता नतिर्ने कालोसूचीमा !

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले पटकपटक ताकेता गर्दासमेत बक्यौता नतिरेको भन्दै २५१ ग्राहकको नामावली कालोसूचीमा राखेको छ । उक्त वितरण केन्द्रमा चालू वर्षमा मात्रै एक हजार नौ सय १२ ग्राहक थपिएसँगै ग्राहक संख्या बढेर ७९ हजार चार सय ४६ पुगेको र झन्डै ८२ करोड विद्युत् बक्यौता उठाउन बाँकी छ । विद्युत उपभोग […]

२०७८ माघ २७ गते, बिहीबार

एमसीसीविरुद्ध अछाममा प्रदर्शन

काठमाडौं । एमसीसी सम्झौता र पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा भएकाे मुल्यवृद्धिविरुद्ध नेकपासहित विभिन्न तिन दलले अछामको कमलबजारमा बिरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, मोहनवैद्य नेतृत्वकाे नेकपा (क्रान्तिकारी माओवादी) र आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको सम्युक्त बिरोध सभा सभालाई संबोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले एमसीसी परियोजना […]

२०७८ माघ २७ गते, बिहीबार

एमसिसीविरुद्ध हेटौंडामा र्यालीसहित विरोध प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मेलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) विरुद्ध बागमती प्रदेशको राजधानी हेटौँडामा र्याली सहितको विरोध प्रदर्शन भएको छ। नेपाल कम्युनिस्ट पार्टी मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माले) मकवानपुर, जनता समाजवादी पार्टी मकवानपुर सहित अन्य संघसंस्था तथा मोर्चाहरुको संयुक्त आयोजनामा र्याली सहित विरोध प्रदर्शन गरिएको हो। बुधबार भएको […]

२०७८ माघ २६ गते, बुधबार