समाज

पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको चन्द्रागिरीमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा गएराति पहिरो खसेको थियो । उक्त पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि मध्यरातमा पहिरो खसेको र ध्यान केन्द्र पुरिएको थियो । पहिरोमा पुरिएर […]

२०७९ आश्विन २१ गते, शुक्रबार

आज विजया दशमी: उत्तम साइत बिहान ११ः५१ बजे

काठमाडौँ । आज विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै छ । नौं दिनसम्म दशैंघरमा नवदुर्गाको पूजा आराधना गरी आज माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ । विजयादशमीको उत्तम साइत असोज १९ गते बिहान ११ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन […]

२०७९ आश्विन १९ गते, बुधबार

भोलि विजयादशमी: उत्तम साइत बिहान ११ः५१ बजे

काठमाडौँ । यस वर्ष विजयादशमीको उत्तम साइत असोज १९ गते बिहान ११ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी बिसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीमा […]

२०७९ आश्विन १८ गते, मंगलवार

आज महानवमी : तलेजु भवानी मन्दिर खुल्ने

काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं अन्तर्गत नवरात्रको नवौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये नवौं रूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत आज मंगलबार सिद्धिदात्री देवीको पूजा आराधना गरिदैछ […]

२०७९ आश्विन १८ गते, मंगलवार

आज महाअष्टमी मनाइँदै

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ ।महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन […]

२०७९ आश्विन १७ गते, सोमबार

काठमाडौंबाट १७ लाख मानिस बाहिरिए

काठमाडौं । काठमाडौँ उपत्यकाबाट हालसम्म १७ लाख मानिस दसैँ मनाउन आ–आफ्नो घर गएका छन् । विगत दुई वर्ष कोभिडका कारण दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरुमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय […]

२०७९ आश्विन १७ गते, सोमबार

आज बडादशैंको सातौं दिन अर्थात फूलपाती

काठमाडौं । आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई […]

२०७९ आश्विन १६ गते, आईतवार

टेकेन्द्र सुनारलाई छुवाछूत र कुटपिट गर्ने ऐडि समूहलाई कारवाही गर

काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपालले बाजुरा जिल्लाको बुढिगङ्गा नगरपालिका वार्ड न ५ घर भै हाल भिमदत्त नगरपालिका वार्ड न ७कञ्चनपुरमा बस्दै आएका टेकेन्द्र सुनारलाई छुवाछूत, कुटपिट र लुटपाट गर्ने वडा अध्यक्ष सहितको समुहलाइ कडाभन्दा कडा कानुनी कार्वाही गरी पिडितलाई न्याय दिन माग गरेको छ। मोर्चाका सुदुरपश्चिम संयोजक मधुसूदन राजवंशिद्वारा बिहिवार एक विज्ञप्ती जारी गर्दै […]

२०७९ आश्विन १५ गते, शनिबार

अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध !

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न […]

२०७९ आश्विन १४ गते, शुक्रबार

यात्रुलाई टिकटमा ठगी गर्ने ३३ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् ।यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने […]

२०७९ आश्विन १३ गते, बिहीबार