पर्यटन

पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

काठमाडौँ । पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।गत वर्ष नभेटिएका दुई प्रजातिका चरा समेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन […]

२०८१ पुष २८ गते, आईतवार

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

काठमाडौं । थारू समुदायले यही पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए । उनले भने, “२०५९ साल देखि काठमाडौंमा माघी महोत्सव मनाउँदै […]

२०८१ पुष २७ गते, शनिबार

‘विराट एक्स्पो’ माघ ११ देखि

काठमाडौँ । ‘विराट एक्स्पो’ माघ ११ देखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने भएको छ। उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म विराटनगरको डिग्री क्याम्पस मैदानमा आठौ संस्करणको विराट एक्स्पो आयोजना गर्न लागेको हो । संगठनले आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यले एक्स्पो आयोजना हुने जनाएको छ ।‘डिजिटल कोशी ब्रिजिङ इनोभेशन […]

२०८१ पुष २६ गते, शुक्रबार

टीकापुर महोत्सव पुस २५ देखि

काठमाडौं। टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २५ गतेदेखि टीकापुर महोत्सव २०८१ हुने भएको छ । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव हुन लागेको हो ।वाणिज्य सङ्घका महासचिव नवराज रिमालका अनुसार महोत्सवमा सर्वसाधारणका लागि रु एक सय टिकट शुल्क लाग्नेछ, […]

२०८१ पुष २२ गते, सोमबार

सन् २०२४ मा साढे ११ लाख पर्यटक भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४को जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार५६७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । पर्यटन बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार ८७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका […]

२०८१ पुष १८ गते, बिहीबार

हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै

काठमाडौँ । चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले हात्ती तथा पर्यटन महोत्सव आयोजना गरेको हो । आगामी पुस १५ गतेसम्म ५ दिन चल्ने महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुनेछ । १८औं संस्करणको उद्घाटन उप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले […]

२०८१ पुष ११ गते, बिहीबार

पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने

काठमाडौँ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने समितिले निर्णय गरेको जानकारी दिए। उनले भने- “हामीसँग ठूलोमात्रामा घण्टीहरू छन्, जसलाई घण्टीकै आकर्षक गेट निर्माण गर्ने […]

२०८१ पुष ९ गते, मंगलवार

पाँच महिनामा १२ गैँडा मृतावस्थामा भेटिए

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिएका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँचवटा पोथी रहेका छन्। तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो। मृत भेटिएका गैँडामध्ये तीन वटाको लिङ्ग पहिचान हुन नसकेको उनले बताए। […]

२०८१ पुष ६ गते, शनिबार

पोखरा सडक महोत्सव पुस १३ देखि

काठमाडौँ । पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म हुने भएको छ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ‘रेबान’ले पोखरा सडक महोत्सवको २६औं संस्करण पुस १३ देखि १७ गतेसम्म गर्ने भएको हो । रेबानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सवको मिति घोषणा गरेको हो। महोत्सवमा ११ जिल्लाका स्थानीय उत्पादन प्रयोग गरिने रेबानले जनाएको छ।रेबानका अध्यक्ष संघर्ष […]

२०८१ पुष ३ गते, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घण्टामात्रै बन्द हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पुस १७ देखि ८ घण्टामात्रै बन्द हुने भएको छ। उक्त विमानस्थलमा धावनमार्गसँग जोडिएका पूर्वाधार निर्माणका लागि कात्तिक २३ गतेदेखि राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो।नेपाल नागरिक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले फेब्रुअरी १ (पुस १७) गतेदेखि विमानस्थलमा राति १० बजेदेखि सुरु हुने निर्माण […]

२०८१ मंसिर २८ गते, शुक्रबार