पर्यटन

शालिग्राम सङ्ग्रहालयमा पर्यटकको ओइरो

काठमाडौँ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ ।पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै […]

२०८२ बैशाख ६ गते, शनिबार

भैरवी रथ जात्रा सुरु

काठमाडौँ । नुवाकोटमा पनि प्रसिद्ध भैरवी रथजात्रा सुरु भएको छ । भैरवीको पूजारी धामी र धमिनीसहित शुक्रबारदेखि जात्रा सुरु भएका हो ।नुवाकोटको गुह्येपाटी र भैरवी मन्दिर अगाडि विधिपूर्वक मध्यरातमा इन्द्रध्वज ठड्याइन्छ । १५ दिनसम्म मनाइने यो जात्रामा धामी, धमिनी, गणेश, कुमारलाई मुकुट र गहना लगाइ दिएर तलेजु भवानीमा लगी वज्रयानी गुरुजुले पूजा गरेपछि भैरवीको खट […]

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

काठमाडौँ । भक्तपुरका नगरवासीले बिहीबार बिहानै दत्तात्रेयबाट जात्राको विधि शुरु गरे संगै प्रसिद्ध ‘बिस्का जात्रा’ विधिवत्रुपमा शुरु भएको छ। जात्राको पहिलो दिन चैत २८ गतेपाँचतले मन्दिर टौमढी अगाडि भैरवनाथको रथ दिउँसो तान्ने चलन छ। प्यागोडा शैलीमा बनाइएको तीनतले काठको ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ। जात्राको पहिलो दिन नेपाल भाषामा ‘द्यो क्वह […]

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

काठमाडौँ । सरकारले हुम्लाको असाज्य टुप्पादेखि पाथीभरा उत्तर–पूर्व हिमाल चुचुरोसम्म ४ सय ७६ हिमाल चुचुरा आरोहणका लागि सरकारले खुला गरेको छ । ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल ।केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल […]

२०८१ चैत्र २७ गते, बुधबार

कोशी पर्यटन वर्ष २०८२ को उद्घाटन हुँदै

काठमाडौँ । आज कोशी पर्यटन वर्ष २०८२ को उद्घाटन हुँदैछ। प्रदेशको विकास र पर्यटन प्रवर्धनका लागि एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ। तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्ष आरम्भ गर्ने तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिए पनि अन्तिम समयमा नजाने भएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंहले आरम्भ गर्ने छन्।पर्यटन वर्षको लागि कोशी प्रदेशका […]

२०८१ चैत्र २७ गते, बुधबार

एकै दिन ३२ आरोहीद्वारा अन्नपूर्ण हिमाल आरोहण

काठमाडौँ । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । […]

२०८१ चैत्र २६ गते, मंगलवार

सात समूहलाई सगरमाथा आरोहणको अनुमति

काठमाडौँ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए।विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले […]

२०८१ चैत्र २४ गते, आईतवार

चौँरी महोत्सव हुँदै

काठमाडौँ । फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरी पालन तथा संरक्षण संस्थासँगको सहकार्यमा नयाँ वर्ष विसं २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदैछ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षणमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवको स्थानीय व्यवस्थापनमा यहाँका सामुदायिक […]

२०८१ चैत्र २१ गते, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घन्टा सञ्चालनमा आउदै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक १८ घन्टा सञ्चालनमा आउदैछ । कात्तिक २३ गतेदेखि मर्मतका लागि १४ घन्टा चलाइएको विमानस्थल आजदेखि १८ घन्टा सञ्चालन हुने भएको हो । अब विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो […]

२०८१ चैत्र १९ गते, मंगलवार

ढोरपाटनमा सिकार याम सुरु

काठमाडौँ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा सिकार खेल्न हिमालयन […]

२०८१ चैत्र १७ गते, आईतवार