पर्यटन

जनवरीमा ८० हजार पर्यटक भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीमा ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए । यस वर्ष जनवरीमा भारतबाट २० हजार ४ सय ८५ पर्यटक आए । यो अघिल्लो वर्ष जनवरीको दाँजोमा १५ प्रतिशतले कम हो । अघिल्लो वर्ष […]

२०८१ माघ २१ गते, सोमबार

चितवन निकुञ्जमा गैँडा स्थानान्तरण

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण गर्ने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो।केही वर्षअघिनै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो। गत वर्ष ६ वटा गैँडा स्थानान्तरण गरिएको […]

२०८१ माघ १९ गते, शनिबार

ओझेलमा भक्तपुरका चारधाम

काठमाडौँ । ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल चारधाम देवस्थल ओझेलमा परेको छ। ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधामका पाँचै देवस्थल मल्लकालीन राजाहरुको पालामा निर्माण गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो।भक्तपुरमा चारधामका पाँच देवस्थल रहेका छन्। ख्वप लाय्कू प्रवेश गर्ने मुख्य प्रवेशद्वार खौमा ढोकाको दक्षिणतर्फ रहेको चारधामअन्तर्गत बद्रीनाथ, जगन्नाथ, केदारनाथ, […]

२०८१ माघ १५ गते, मंगलवार

पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताएका छन । ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।प्रहरी महानिरीक्षक कुँवरले नेपाल सुन्दर मात्र नभइ सुरक्षित रहेको महशुस पर्यटकहरुलाई दिलाउनसके मात्रै नेपालमा पर्यटकको संख्या बढ्ने बताए । […]

२०८१ माघ १२ गते, शनिबार

बाँकेमा बीस प्रजातिका चरा भेटिए

काठमाडौँ । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन्। जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन्। चराका त्यस्ता प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताए।‘ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको छ,’ […]

२०८१ माघ १० गते, बिहीबार

गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण

काठमाडौँ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ । वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।आयोजनाले उक्त केन्द्रको […]

२०८१ माघ ९ गते, बुधबार

दाइँ महोत्सव हुँदै

काठमाडौँ । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास […]

२०८१ माघ ६ गते, आईतवार

राप्ती र नारायणी नदीमा ३५२ घडियाल गोही भेटिए

काठमाडौँ । राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा सो सङ्ख्यामा […]

२०८१ माघ ५ गते, शनिबार

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

काठमाडौँ । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुुन् । यो मुस्ताङको सदरमुकाम जोमसोम बजार अवस्थित घरपझोङ गाउँपालिका–५ मा रहेको छ । वौद्ध परम्पराको प्रवेश हुनुअघि अस्तित्वमा रहेको ‘शे–रिव’ नामको स्थानीय राज्यको केन्द्र ठिनी नजिकैको गारावजोङ (घरपझोङ) किल्ला मुस्ताङको […]

२०८१ पुष २९ गते, सोमबार

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि […]

२०८१ पुष २८ गते, आईतवार