पर्यटन

पर्यटन बोर्ड नयाँ रणनीति बनाउँदै: निरौला

काठमाडौ, १ साउननेपाल पर्यटन बोर्डले अन्तराष्ट्रिय पर्यटन प्रबर्द्धनको नयाँ रणनीति तयार पार्न सरोकारवालाहरुसँग छलफल शुरु गरेको छ । यहि क्रममा बोर्डले सोमबार चार तारे र पाँच तारे होटलका प्रतिनिधिहरुसँग छलफल गरेको छ । नेपाललाई कसरी सभा-सम्मेलन, प्रदर्शनी तथा भ्रमणका लागि उपर्यूक्त गन्तव्यका रुपमा अगाडी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत भएको बोर्डले जनाएको छ ।बोर्डको […]

२०७० श्रावण १ गते, मंगलवार

म्याग्दीमा दुई सय ७२ तालतलैया

बाबियाचौर , २८ असार । पहाडी जिल्ला म्याग्दीमा २७२ तालतलैया र पोखरीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।विसं २०६९ मा जिल्ला विकास समितिले म्याग्दीका तालतलैया र पोखरीहरूको पहिचान, गणना र नक्साङ्कन गरेको थियो । जिल्लामा पहिलोपटक तालतलैया र पोखरीहरूको गणना र नक्साङ्कन गरिएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले बताए । प्राविधिक टोली परिचालन गरेर गरिएको […]

२०७० असार २८ गते, शुक्रबार

लाङटाङमा ६ जातका चरा थपिए

काठमाडौं ,२७ मंसिर – हालै गरिएको एक अध्ययन अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ प्रजातिका नयाँ चराहरु थपिएका छन् ।निकुञ्ज क्षेत्रमा ६ प्रजातिका चराहरू थपिएको निकुञ्जले जनाएको छ ।लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका विभिन्न स्थानमा अध्ययन गरिएको थियो । लाङटाङ राष्ट्रिय निकुञ्जमा सन् २००१ मा पहिलो पटक चराको अध्ययन गरिएको थियो । […]

२०७० असार २७ गते, बिहीबार

लुम्बिनीमा सुरक्षा सतर्कता

भैरहवा,२५ असार । आईतबार बिहान भगवान गौतमबुद्धले ज्ञानप्राप्ती गरेको स्थान भारतको बोधगयामा श्रृंखलाबद्ध बम बिष्फोट पछी बुद्धजन्म स्थल लुम्बिनीमा सुरक्षा सतर्कता बढाईएको छ ।बोधगयाको बिष्फोटलाई मध्यनजर गर्दै यँहाको स्थानिय सुरक्षा समितीले थप रणनिती अख्तीयार गरेको छ । आईतबार रातीबाटनै दंगा प्रहरी गण बाट प्रहरी निरीक्षकको कमान्डमा थप ३० जना सुरक्षाकर्मि परीचालन भैसकेको रुपन्देही प्रहरी प्रमुख […]

२०७० असार २५ गते, मंगलवार

बृहत् खुम्बु सरसफाइ अभियान सुरु

सोलुखुम्बु, १९ असार । जनचेतनामूलक बृहत् खुम्बु सरसफाइ अभियान, २०७० हिजोदेखि सुरु भएको छ ।‘हाम्रो फोहोर हाम्रो दायित्व, सफा वातावरण हाम्रो अस्तित्व’ भन्ने मूल नारासहित सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चे र इको हिमाल नेपालको सगरमाथा रक्षा अभियानको संयुक्त आयोजनामा एकहप्ते अभियान सुरु भएको हो ।अभियानमा सीमा प्रशासन कार्यालय, इको हिमाल, सगरमाथा प्रदूषण नियन्त्रण समिति र […]

२०७० असार १९ गते, बुधबार

विश्वमै दुर्लभ चीर भेटियो

जुम्ला, १८ असार । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा विश्वमै अति दुर्लभ मानिने पक्षी चीर भेटिएको छ ।नेपाल, भारत र पाकिस्तानमा मात्र पाइने चीर नामको चरा सो निकुञ्ज क्षेत्रमा करिब ३३ वटा रहेको निकुञ्जले जनाएको छ । वन्यजन्तु संरक्षण ऐनअन्तर्गत रहेर यसको संरक्षण कार्य तीव्र्ररुपमा थालिएको निकुञ्जका कामु संरक्षण अधिकृत भोगेन्द्र रायमाझीले जानकारी दिए । अधिकृत […]

२०७० असार १८ गते, मंगलवार

ऐतिहासिक रसुवागढी भत्कियो

रसुवा, असार १७ – केही दिनदेखिको लगातारको वर्षाले नेपाल र चीनको सिमानामा रहेको ऐतिहासिक रसुवागढी भत्किएको छ ।वर्षाका कारण टिमुरे गाविर १ मा रहेको ऐतिहासिक महत्व बोकेको रसुवागढीको ३ मिटर पर्खाल भत्किएको हो ।सरोकारवाला निकायले बेलैमा मर्मत संभार र संरक्षणको काम नगर्दा गढी भत्किएको हो । रसुवागढी अबलोकन गरेर फर्कनुभएका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले […]

२०७० असार १७ गते, सोमबार

टीकापुर उद्यानलाई पर्यटकीय केन्द्र बनाइने

काठमाडौ,१७ असार – नेपाल प्रकृति संरक्षण कोषले कैलालीको टीकापुर उद्यानलाई पर्यटकीय केन्द्र बनाउन पहल थालेको छ ।त्यसका लागि अहिले अध्ययन समिति बनाइएको छ । नगरपालिका क्षेत्रमा भएको नेपालकै सबैभन्दा ठूलो उद्यानलाई सञ्चालन गर्ने र पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने कोषको तयारी छ । पार्कको सुधार गर्ने, सञ्चालनमा ल्याउँदा स्थानीयबासिन्दाले रोजगारी पाउने हिसाबले योजना बनाउने र […]

२०७० असार १७ गते, सोमबार

ठमेलमा सवारी साधन लैजान रोक

काठमाडौं, १६ असार – पर्यटकिय क्षेत्र ठमेललाई शान्त क्षेत्रको रूपमा चिनाउन ठमेल पर्यटन परिषद्ले दिनको केही घन्टा त्यहाँ सवारी साधन लैजान रोक लगाउने योजना अगाडी सरेको छ ।’आनन्दसँग सपिङ गर्दै घुमेको मज्जा लिन पाउन् भन्ने उद्देश्यले आगामी साउनदेखि ठमेलमा दिउँसो १२ देखि ३ बजे र बेलुका ६ देखि ९ बजेसम्मका लागि ठमेल क्षेत्रमा सवारी जान […]

२०७० असार १६ गते, आईतवार

रेडपाण्डाको प्रजननका लागि ३ महिना आवतजावतमा प्रतिबन्ध

इलाम ,१४ असार । इलाम र भारतको सीमा क्षेत्रमा रहेको सिंहलीला नेसनल पार्कले रेडपाण्डा (हाब्रे) को प्रजनन समय भएको भन्दै सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवतजावतका लागि प्रतिबन्ध लगाएको छ ।पर्यटकको हो-हल्लाले रेडपाण्डाको प्रजजन र यौन प्रक्रियामा असर पुग्ने भन्दै पार्कले जुन १५ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि आवतजावतमा प्रतिबन्ध लगाएको हो ।इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको […]

२०७० असार १४ गते, शुक्रबार