पर्यटन

सात वर्षमा ३० वटा बाघ मरे !

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा सात वर्षमा ३० वटा बाघ मरेका छन् । निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ३० वटा बाघ मरेका हुन् । ती बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको निकुञ्जले जनाएको छ । ८ वटा बाघ बुढो भएर मरेका हुन् भने आपसमा जुधेर […]

२०८० बैशाख २३ गते, शनिबार

आज बुद्ध जयन्ती

काठमाडौँ । आज २५६७औँ बुद्ध जयन्ती, शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती बिबिध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु-याउएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै […]

२०८० बैशाख २२ गते, शुक्रबार

आठ वर्षमा दुई सय बीस गैंडा मरे

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले आठ वर्षमा दुई सय बीस वटा गैंडा मरेको जनाएको छ । निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा आठ वर्षमा दुई सय बीस गैंडा मरेका हुन् । ६४ वटा गैंडा बुढो भएर मरेका हुन् भने १९ वटा गैंडा दलदलमा फसेर तथा बाढीले बगाएर मरेको निकुञ्जले जनाएको छ ।यस्तै, एकापसमा जुधेर ५१ वटा, […]

२०८० बैशाख २१ गते, बिहीबार

२५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ। विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ। बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो। वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा […]

२०८० बैशाख १७ गते, आईतवार

जानकी नवमी मनाइँदै

काठमाडौँ । आज वैशाख शुक्ल नवमी, जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ । जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ । आज बिहानै दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, […]

२०८० बैशाख १६ गते, शनिबार

रेसुङ्गा विमानस्थलमा ‘परीक्षण उडान’ सफल

काठमाडौं । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो।निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो। विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल […]

२०८० बैशाख १५ गते, शुक्रबार

लुम्बिनीमा विद्युतीय बस !

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन्। सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए। दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’ प्रदेश सरकारले सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाको बाटो नखोलिदिँदा […]

२०८० बैशाख १४ गते, बिहीबार

फ्लाइ दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा उनीहरूमाथि प्रवेशमा रोक लगाएको हो । फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराए । तर‚ फ्लाइ दुबईले ट्वीट गर्दै चरा […]

२०८० बैशाख १२ गते, मंगलवार

बर्दिया निकुञ्जमा पर्यटकको चलपहल

काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ। निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक त्यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढदै गएको जानकारी दिए। करिब ९० प्रतिशत […]

२०८० बैशाख ११ गते, सोमबार

पर्यटकको रोजाइमा ‘हात्तीदह सिमसार’

काठमाडौं । एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै सो सिमसार क्षेत्र रहेको छ। आकर्षकरूपमा निर्माण भएका प्रकृतिक तथा मानवनिर्मित संरचना एवं वरिपरिको हरियाली वातावरणले आन्तरिक […]

२०८० बैशाख १० गते, आईतवार