पर्यटन

साउन यता १७ गैँडा मरे !

काठमाडौँ । चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैँडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस आर्थिक […]

२०८२ चैत्र ९ गते, सोमबार

‘जाउँ है पोखरा’ अभियान सुरु

काठमाडौँ । होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ । सो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म जारी रहने छ । विगत २२ वर्षदेखि सञ्चालन भैराखेको सो अभियान वीरगञ्ज, हेटौँडा, विराटनगर, इलाम लगायतका सहरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना हुने सङ्घका […]

२०८२ चैत्र ९ गते, सोमबार

तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

काठमाडौँ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा लुम्बिनीमा बिहीबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव सुरु भएको छ । उक्त महोत्सवमा प्रमुख अतिथिको रुपमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले विश्वभर बढ्दो द्वन्द्व र अस्थिरताको बीचमा बुद्धको करुणा, अहिंसा र सहअस्तित्वको सन्देश झनै सान्दर्भिक भएको बताए ।उदघाटन समारोहमा पर्यटनमन्त्री […]

२०८२ चैत्र ६ गते, शुक्रबार

विक्रमबाबा पूजापाठ चैत ५ गतेदेखि

काठमाडौँ । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल रहेको छ ।राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारू जातिमा प्रचलनमा […]

२०८२ चैत्र ३ गते, मंगलवार

मलुवा पोखरी पर्यटकीय गन्तव्य बन्दै

काठमाडौँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी प्राकृतिक सौन्दर्यका कारण पर्यटकमाझ लोकप्रिय बन्दै गएको हो । समुद्री सतहबाट करिब दुई हजार ५०० मिटर उचाइमा रहेको यो […]

२०८२ चैत्र १ गते, आईतवार

स्वयम्भू महोत्सव आगामी वैशाख १२ गतेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव आयोजना गर्ने भएको छ । महानगरपालिका वडा नं १५ को आयोजनामा आज यहाँ भएको छलफलमा वैशाख १२ देखि १९ गतेसम्म महोत्सव आयोजना गर्ने सहमती भएको हो । वडा १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले वडाको प्राचीन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठमन्दिर, चैत्य, गुम्बासहितको पहिचान, मूर्त […]

२०८२ चैत्र १ गते, आईतवार

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

काठमाडौँ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ। भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन्। सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर […]

२०८२ चैत्र १ गते, आईतवार

जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन् ।सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापन गरी सञ्चालनमा ल्याउनुभएको थियो । पछि उक्त चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो ।चिडियाखाना प्रशासनका अनुसार यहाँ रहेका जीवजन्तुमा नयाँ जन्मिने, मर्ने तथा […]

२०८२ फाल्गुन २७ गते, बुधबार

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताए । उनका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना गर्न लागिएको उक्त कम्प्लेक्समा […]

२०८२ फाल्गुन २७ गते, बुधबार

महिना दिनभित्र १ लाख ५ हजार पर्यटक भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार २०२६को फेब्रुअरी महिनामा १ लाख ५ हजार ४ सय ४१ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डले अध्यागमन विभागलाई उद्धत गर्दै फेब्रुअरी महिना गत वर्ष सोही अवधिको तुलनामा ११ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् । फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका […]

२०८२ फाल्गुन १९ गते, मंगलवार