पर्यटन

चितवन राष्ट्रिय निकुञ्जको बाघ र गैँडा गणना गरिदै

काठमाडौँ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यसवर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार […]

२०८२ भाद्र ११ गते, बुधबार

विश्व ताल दिवस मनाइँदै

काठमाडौँ । आज विश्व ताल दिवस : पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो ।राष्ट्रसङ्घीय प्रणालीमा […]

२०८२ भाद्र ११ गते, बुधबार

मौसमअनुसार परिवर्तन हुने ‘छ्यो थाङ्गी छ्यो’ पोखरी

काठमाडौँ । ताप्लेजुङ मिक्वाखोला गाउँपालिका- ५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ। विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो।यो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ। स्थानीयवासीका अनुसार पोखरीले मौसमअनुसार रङ्ग बदल्ने गर्दछ। कहिले आकाशजस्तै नीलो हुन्छ भने कहिले […]

२०८२ भाद्र १० गते, मंगलवार

पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी भएका छन् । फुर ३४२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाएका छन् । संघको निर्वाचनबाट प्रथम उपाध्यक्ष र एक सदस्यबाहेक अन्य सबै पदमा फुर नेतृत्वको टिम विजयी भएको हो ।फुर नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पर्यटन […]

२०८२ भाद्र ८ गते, आईतवार

स्वयम्भू मेला: दुई लाख भक्तजनद्वारा दर्शन

काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार स्वयम्भूमा जारी एकमहिने मेलामा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । महासमितिका अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म लाग्ने एकमहिने (गुँला) पर्वका अवसरमा उक्त सङ्ख्यामा भक्तजनले मन्दिर दर्शन गरेका हुन् ।नेवार समुदायका बौद्ध धर्मावलम्बीले उक्त समयमा स्वयम्भू चैत्यको दर्शन गर्ने चलन छ । नेपाल सम्वतको […]

२०८२ भाद्र ७ गते, शनिबार

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

काठमाडौँ । हरिया फाँट, घना सालका जंगल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन। यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ। निकुञ्जमा चार सय ६५ प्रजातिका चरा पाइने भए पनि तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छन्।जसमा विश्वमै दुलर्भ सीमतित्रा, सारस, भुँडीफोर गरुड, […]

२०८२ भाद्र ६ गते, शुक्रबार

दुर्लभ वन्यजन्तु कृष्णसारको संख्यामा वृद्धि

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या निरन्तर बढ्दै गएको छ। पुनःस्थापन गरिएको एक दशकमा कृष्णसारको संख्या बढेर तीन सय १० पुगेको छ। जसमा कृष्णसारका भाले एक सय १७, पोथी एक सय ४३ र पाठापाठी ५० रहेका छन्। वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क […]

२०८२ श्रावण ३१ गते, शुक्रबार

ढोरपाटनमा घोडा सफारी व्यवसाय फष्टाउँदै

काठमाडौँ । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ। घोडापालन गर्दै आएका स्थानीयको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउनै ठिक्क छ।ढोरपाटनमा पछिल्लो समय पर्यटकको चाप बढेपछि घोडा व्यवसायी दङ्ग छन्। ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फुलमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढेपछि घोडा व्यवसायीको आम्दानी […]

२०८२ श्रावण २५ गते, शनिबार

ट्रेकिङ गाइडहरुलाई प्रोफेसनल ट्रेकिङ गाइडको प्रशिक्षण

काठमाडौँ । नेपाल एडभेन्चर एकेडेमीले ट्रेकिङ गाइडहरुलाई प्रोफेसनल ट्रेकिङ गाइडको प्रशिक्षण प्रदान गरेको छ । नेपालको पर्यटकीय क्षेत्र र यस क्षेत्रमा काम गर्ने गाइडहरुलाई सक्षम बनाउने र कसरी पर्यटकलाई आकर्षित बनाउने तथा अन्तरासष्ट्रिय तरिकाले कसरी ग्रुप मेनेज गर्न सकिन्छ भन्ने उद्धेश्यले नेपाल एडभेन्चर एकेडेमीले असार २० गदेखि साउन २० गतेसम्मे एडभान्स ट्रेकिङ गाइड (प्रो लेवल) […]

२०८२ श्रावण २४ गते, शुक्रबार

यार्तुङ पर्व मनाइँदै

काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । खिङ्गा गाउँबाट यसवर्षको ’यार्तुङ’ पर्व आरम्भ भएको हो । ‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको भन्दै यहाँको खिङ्गा गाउँमा यार्तुङ पर्व मनाइएको हो । घोडा चढ्नुपर्ने प्रचलन रहेको यार्तुङ पर्वमा […]

२०८२ श्रावण २२ गते, बुधबार