घुर्ने समस्याबाट मुक्त हुने भए…

२०८३ आश्विन २६ गते, सोमबार


काठमाडौं । घुर्ने समस्याबाट कुनै व्यक्ति पीडित छ भने उसलाई यसको समस्या हरेक दिन पर्ने गरेको छ । घुर्ने व्यक्तिको छेउँछाउँ कोही पनि सत्न मान्दैनन् । यो समस्याबाट समाधान खोज नसकिने होइन, सकिन्छ । त्यसका लागि आफ्नो खानपानको आचारणमा सुधार ल्याउनु अनिर्वाय छ । घुर्ने समस्याबाट छुटाकारा पाउन शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनैपर्छ । घुर्ने व्यक्ति कहिल्यै पनि उत्तानो भएर सुत्नुहुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्ने चिकित्सकहरू बताउँछन् ।
घुर्ने समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी गर्दा पनि केही हदसम्म सुधार हुन्छ । मुख्यतः राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान गर्नु नहुने चिकित्सकहरूको सुझाव छ । घुर्ने समस्या भएका व्यक्तिमा टन्सिल भएको खण्डमा त्यो टन्सिललाई काटेर फाल्नैपर्ने हुन्छ । अहिले सिपाप भन्ने मेसिन आएको छ । यसको प्रयोग पनि उपचारको उत्तम उपाय हो । घुर्ने समस्याको उपचार विधि भनेकै सिपाप हो ।

प्रतिक्रियाहरु

[anycomment]