पर्यटन

कैलाश मानसरोवर दूरदर्शन सुरु

काठमाडौँ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने सम्भावना […]

२०८२ जेष्ठ २३ गते, बिहीबार

बुलबुल तालमा मोटरबोट सञ्चालन भएपछि…

काठमाडौँ । ‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ २०३० को दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर दिएर रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सुर्खेतकै पहिचान बन्यो। यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत सुर्खेत बुलबुल तालको नाम जनजनका मनमनमा पुगेको […]

२०८२ जेष्ठ १८ गते, शनिबार

आज सगरमाथा दिवस : विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको […]

२०८२ जेष्ठ १६ गते, बिहीबार

कामीरिताद्वारा ३१औँ पटक सगरमाथामा

काठमाडौं । विश्व प्रसिद्ध सगरमाथा आरोही कामीरिता शेर्पा ३१औँ पटक उच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् । सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले कामीरिताले आज (मङ्गलबार) बिहान ४ बजे आफ्नो पुरानो रेकर्ड तोड्दै ३१औँ पटक सगरमाथा आरोहणको नयाँ विश्व कीर्तिमान बनाएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘एभरेष्ट म्यानले फेरि गर्‍यो […]

२०८२ जेष्ठ १४ गते, मंगलवार

अन्नपूर्ण आधार शिविरमा म्याराथन दौड प्रतियोगिता

काठमाडौँ । अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथन दौड हुन लागेको हो । यही जेठ २० गते अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण […]

२०८२ जेष्ठ १३ गते, सोमबार

गोसाइँकुण्ड मेला जेठ १३ गतेदेखि

काठमाडौँ । गोसाइँकुण्ड क्षेत्र विकास समितिले जेठ १३ गतेदेखि जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँ कुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेको जनाएको छ । समितिले यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा राखेको छ । रसुवाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका […]

२०८२ जेष्ठ १३ गते, सोमबार

पर्यटक र पूर्वाधारको पर्खाइमा ‘छहरे झरना’

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ । स्वाँत गाउँको नजिकै रहेको छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मनमोहक छहरे झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग र यसको आकर्षणका विषयमा प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्वाँतका बासिन्दा मनबहादुर पुनले बताए ।अन्नपूर्ण चक्रीय र खोपारा पदमार्गमा […]

२०८२ जेष्ठ ११ गते, शनिबार

तीन सय ९५ जनाद्वारा सगरमाथा आरोहण

काठमाडौँ । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन् ।हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् ।यस […]

२०८२ जेष्ठ ८ गते, बुधबार

प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाद्वारा सगरमाथाको आरोहण

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन् । उनले आज सोमबार बिहान ८ः५६ बजे उनले विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी हुन् ।आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराएकी थिइन् ।प्रहरी महानिरीक्षक […]

२०८२ जेष्ठ ६ गते, सोमबार

ढकमक्क गुलमोहर, पर्यटक आकर्षित

काठमाडौँ । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् ।गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन’, गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भने […]

२०८२ जेष्ठ ५ गते, आईतवार