बिश्व

फ्रान्सद्वारा प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता

काठमाडौँ । फ्रान्सले प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता दिएको छ। न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको बैठकमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले शान्ति स्थापनाको समय आएको घोषणा गर्दै प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरे। उनले गाजामा भइरहेको युद्धको कुनै औचित्य नभएको पनि बताएका छन्। यस्तै बेल्जियम, लक्जमबर्ग, माल्टा, अन्डोरा र सान मरिनोले प्यालेस्टाइनलाई राज्यलाई मान्यता दिने योजना […]

२०८२ आश्विन ७ गते, मंगलवार

इजरायलद्वारा प्यालेस्टिनलाई देशको मान्यता दिएकोमा आपत्ति प्रकट

काठमाडौँ । इजरायलले बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टिनलाई देशको मान्यता दिएकोमा आपत्ति जनाएको छ । गाजामा युद्ध अन्त्य गर्ने आह्वानबीच विश्व मञ्चमा इजरायलमाथि दबाब बढेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आपत्ति जनाएका हुन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री नेतन्याहूले प्यालिस्टिनलाई मान्यता दिनु आतंकवादका लागि ठूलो पुरस्कार दिनुजस्तै भएको बताए । प्यालिस्टिन राज्यको स्थापना कहिल्यै स्थापना नहुने […]

२०८२ आश्विन ६ गते, सोमबार

इजरायलद्वारा गाजामा भिषण आक्रमण

काठमाडौँ । इजरायली सेनाले गाजा शहरमा आक्रमण लगातार भिषण आक्रमण गरि रहेको छ । इजरायली सेनाले १५० हवाई हमला र ट्याङ्क आक्रमण गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।पछिल्लो आक्रमणबाट १० लाख जनसंख्या भएको गाजा शहरबाट चार लाख प्यालेस्टिनीहरू भाग्न बाध्य भएको बताइएको छ । त्यस्तै गाजामा कुपोषणका कारण पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको […]

२०८२ आश्विन ४ गते, शनिबार

अमेरिका जानेले एक लाख डलर तिर्नुपर्ने !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै एच-१ बी भिसामार्फत अमेरिकामा जानेहरूले अब एक लाख डलर शुल्क तिर्नुपर्ने भएको छ। एच-१ बी भिसा विदेशबाट निश्चित उद्योगहरूमा दक्ष कामदार ल्याउन प्रयोग हुँदै आएको छ।अहिलेसम्म यस्तो भिसाका आवेदनमा विभिन्न प्रशासनिक शुल्क गरी करिब १५ सय डलर लाग्ने गरेको थियो। एच–१ बी भिसा कार्यक्रमको […]

२०८२ आश्विन ४ गते, शनिबार

रुसको कामचाट्का प्रायद्वीपमा ७.८ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । रूसको पूर्वी कामचाट्का प्रायद्वीपमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । गत साउन दोस्रो सातामा पनि कामचाट्का प्रायद्वीपमै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।शुक्रबार बिहानको भूकम्पको केन्द्रबिन्दु पेत्रोपाभ्लोभ्स्क–काम्चाट्का क्षेत्रको पूर्वतर्फ १२८ किलोमिटर टाढा र समुद्री सतहभन्दा १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षणले काम्चाट्का प्रायद्वीप नजिकै थप […]

२०८२ आश्विन ३ गते, शुक्रबार

डोनाल्ड ट्रम्प बेलायत पुगे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत पुगेका छन्। ट्रम्प नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार राति बेलायत पुगेको हो।भ्रमणका दौरान शाही कार्यक्रम, व्यापार वार्ता र अन्तर्राष्ट्रिय राजनीतिको विषय प्राथमिकतामा छन्। बेलायतको उडान भर्नुअघि ट्रम्पले आफ्नो सम्बन्ध बेलायतसँग धेरै राम्रो रहेको बताएका थिए। भ्रमणका क्रममा ट्रम्पको राजा चाल्र्ससँग भेट हुनेछ । राजकीय स्वागतमा राजा चाल्र्स, महारानी क्यामिला, राजकुमार […]

२०८२ आश्विन १ गते, बुधबार

इजरायलद्वारा गाजा शहरमा भारी बमबारी

काठमाडौँ । इजरायलले गाजा शहरमा भारी बमबारी गर्दै सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही सुरु गरेको छ । मध्य गाजाबाट पनि इजरायली आक्रमणको रिपोर्ट आएको छ । यी आक्रमणहरू त्यही दिशामा भएका छन् जहाँ हजारौं मानिसहरू भागिरहेका छन् । प्यालेस्टिनी अधिकारीहरूले मृतक र घाइतेहरूको संख्या निरन्तर बढिरहेको बताएका छन् ।यी आक्रमणहरू सोमबार अमेरिकी विदेशमन्त्री मार्को […]

२०८२ भाद्र ३१ गते, मंगलवार

इजरायलको आक्रमणवाट ४५ जना प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । इजरायलको आक्रमणमा परी थप ४५ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको हो ।प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका हुन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार […]

२०८२ भाद्र २९ गते, आईतवार

रूसमा ७.१ रेक्टर स्केलको भूकम्प : सुनामीको चेतावनी

काठमाडौँ । रूसको कामचट्का क्षेत्रको पूर्वी तट नजिकै ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसलाई उद्धृत गर्दै यो जानकारी दिएको छ । भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताएको छ । साथै, अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ७.४ रेक्टर स्केल र गहिराइ ३९.५ किलोमिटर रहेको बताएको छ । यो […]

२०८२ भाद्र २८ गते, शनिबार

यूक्रेनद्वारा प्रमुख रुसी तेल टर्मिनलमा ड्रोन आक्रमण

काठमाडौँ । यूक्रेनको सुरक्षा सेवाले रूसको बाल्टिक सागरमा रहेको प्रमुख तेल टर्मिनल, प्रिमोर्स्क पोर्टमा आक्रमण गरेको जनाएको छ ।यस आक्रमणको क्रममा, पोर्टमा रहेका एक तेल वाहक जहाज र एक पम्पिङ स्टेशनमा आगो लागेको छ र तेल आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।यसैगरी, केही अन्य तेल पम्पिङ स्टेसनहरूमा पनि ड्रोनले आक्रमण गरेका छन्, जसका कारण कच्चा […]

२०८२ भाद्र २८ गते, शनिबार