बिश्व

यूक्रेनद्वारा प्रमुख रुसी तेल टर्मिनलमा ड्रोन आक्रमण

काठमाडौँ । यूक्रेनको सुरक्षा सेवाले रूसको बाल्टिक सागरमा रहेको प्रमुख तेल टर्मिनल, प्रिमोर्स्क पोर्टमा आक्रमण गरेको जनाएको छ ।यस आक्रमणको क्रममा, पोर्टमा रहेका एक तेल वाहक जहाज र एक पम्पिङ स्टेशनमा आगो लागेको छ र तेल आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।यसैगरी, केही अन्य तेल पम्पिङ स्टेसनहरूमा पनि ड्रोनले आक्रमण गरेका छन्, जसका कारण कच्चा […]

२०८२ भाद्र २८ गते, शनिबार

ब्राजिलका पूर्व राष्ट्रपतिलाई २७ वर्षको सजाय

काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय तोकेको छ । ब्राजिलको सर्वोच्च अदालतमा बोल्सोनारो विरुद्ध पाँच फरक-फरक आरोपमा २७ बर्ष तीन महिनाको सजाय सुनाएको हो । पाँच न्यायाधीशहरूको प्यानलमध्ये चार जनाले उनलाई पाँच मुद्दामा दोषी ठहर गरेका छन् । प्यानलले बोल्सोनारोलाई विद्रोहको षड्यन्त्र रचेको आरोपमा दोषी ठहर […]

२०८२ भाद्र २७ गते, शुक्रबार

फ्रान्समा सरकारविरुद्ध प्रदर्शन चर्कियो

काठमाडौँ । फ्रान्समा सरकारविरुद्ध प्रदर्शन चर्कीएको छ । बजेट कटौतीको विरोधमा र राष्ट्रपति इमानुएल म्याक्रोनको राजीनामाको माग गर्दै लाखौ मानिसहरू सडकमा उत्रिएको मिडिया रिपोर्टमा उल्लेख छ ।सरकारले प्रदर्शन बढेपछि ८० हजारभन्दा बढी प्रहरी तैनाथ गरेको छ भने अहिलेसम्म २०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।प्रदर्शनकारीले राष्ट्रपति म्याक्रोनका नीतिहरूको विरोध गरेका छन् । उनीहरुले जनताको ठूलो […]

२०८२ भाद्र २६ गते, बिहीबार

हुन्डाई कारखानामा छापा : ५ सय जना पक्राउ !

काठमाडौँ । अमेरिकाको अध्यागमनले जर्जियास्थित हुन्डाई कारखानामा छापामारी झण्डै ५ सय जनालाई पक्राउ गरेका छ । राष्ट्रपति डनल्ड ट्रम्पको दोस्रो कार्यकालकै सबैभन्दा ठूलो छापामा परेकामध्ये अधिकांश कोरियाली नागरिक रहेका छन् । कोरियाली कम्पनीले विद्युतीय सवारी साधन निर्माण गर्न करिब एक वर्षदेखि सञ्चालनमा ल्याएको कारखानामा छापा मारेर यति ठूलो संख्यामा पक्राउ गरिएको हो ।यसप्रति दक्षिण कोरियाले […]

२०८२ भाद्र २१ गते, शनिबार

बेलायतकी उपप्रधानमन्त्री रेनरद्वारा राजीनामा

काठमाडौँ । बेलायतकी उपप्रधानमन्त्री एन्जेला रेनरले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । स्वतन्त्र अनुसन्धान प्रतिवेदनले हालै किनेको सम्पत्तिमा उनले उचित रूपमा कर तिरेको र यसरी सरकारी मन्त्रीहरूका लागि तोकिएको नैतिक मापदण्ड पालना नगरेको पत्ता लागेपछि उनले राजीनामा दिएको बताइएको छ ।एन्जेला रेनरले इङ्गल्यान्डको दक्षिणी तटमा रहेको हब क्षेत्रमा खरिद गरिएको फ्ल्याटमा उनले सही कर तिरेको […]

२०८२ भाद्र २१ गते, शनिबार

रुस र चीनबीच ग्यास पाइपलान सम्झौता

काठमाडौँ । रुस र चीनबीच ग्यास पाइपलानको सम्झौता भएको छ। यी दुई देशबीच ’पावर ऑफ साइबेरिया–२’ नाम दिएको ग्यास पाइपलाइन बनाउने सबन्धी ऐतिहासिक समझौता भएको हो ।रुसका राष्ट्रपति भ्लाादिमीर पुटिनले रुस र चीनबीचको सम्बन्ध अभूतपूर्व रहेको उल्लेख गदै ऐतिहासिक सम्झौतामा दुबै देशले हस्ताक्षर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । यो सम्झौतापछि अब हरेक वर्ष ५० […]

२०८२ भाद्र १९ गते, बिहीबार

पोर्चुगलमा रेल दुर्घटना : १५ जनाको मृत्यु, १८ घाइते

काठमाडौँ । पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । राजधानी लिस्बनमा भएको दुर्घटनामा थप १८ जना घाइते भएका छन्।बिबिसीका अनुसार घाइतेमध्ये पाँच जनाको स्वास्थ्य अवस्था गम्भीर छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार रेल लिकबाट उछिट्टिएर एक भवनमा बज्रिन पुगेको थियो ।रेलको सपोर्टिङ केबल भाँचिएपछि लिक छाडेको समाचारमा उल्लेख छ […]

२०८२ भाद्र १९ गते, बिहीबार

सी जिनपिङ र पुटिन एक साथ रहन प्रतिबद्ध

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । यो भेट बुधबार चीनमा हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको एक दिन अघि भएको थियो।पुटिनले दुई देशबीचको सम्बन्धलाई ‘अभूतपूर्व स्तर’ मा रहेको वर्णन गरेका छन् । उनले भने- ‘हाम्रो नजिकको अन्तरक्रियाले रूस र चीनबीचको रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित […]

२०८२ भाद्र १७ गते, मंगलवार

पश्चिमी सुडानमा पहिरो : गाउँ नै ध्वस्त !

काठमाडौँ । पश्चिमी सुडानको मार्रा पर्वत क्षेत्रमा गएको पहिरोवाट गाउँ नै पूर्ण रूपमा ध्वस्त भएको छ भने करिब १ हजार नागरिकको मृत्यु भएको छ । सुडान लिबरेसन मुभमेन्ट-आर्मीले सोमबार जारी गरेको वक्तव्यमा पहिरोमा परी एउटा गाउँ नै पूर्ण रूपमा ध्वस्त भएको र एक व्यक्ति मात्र जीवित भेटिएको जनाएको हो । गएको ३ दिनदेखिको लगातार वर्षापछि […]

२०८२ भाद्र १७ गते, मंगलवार

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। गए राती गएको भूकम्पमा परी अहिलेसम्म कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प जलालाबाद शहरबाट लगभग १७ माइल टाढा गएको थियो। जलालाबादमा लगभग २ लाख जनसंख्या छ र राजधानी […]

२०८२ भाद्र १६ गते, सोमबार