बिश्व

ट्रम्प र नेतन्याहूबीच मतभेद

काठमाडौँ । इरानसँगको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच मतभेद खुला रूपमा देखिएको छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार नेतन्याहू इरानमाथिको आक्रमण जारी राख्न चाहन्छन् भने ट्रम्पले हाल वार्ता र सम्झौतामार्फत समाधान खोज्नुपर्ने पक्षमा रहेका छन्।रिपोर्टअनुसार मंगलबार दुई नेताबीच करिब एक घण्टा टेलिफोन संवाद भएको थियो । अमेरिकी अधिकारीलाई […]

२०८३ जेष्ठ ८ गते, शुक्रबार

रुसका राष्ट्रपति पुटिन चीन भ्रमणमा

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि मंगलबार अबेर राति चीन पुगेका छन्। बेइजिङ विमानस्थलमा उनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका छन्। पुटिनले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको केही दिनपछि नै पुटिन त्यहाँ पुगेका हुन्।चीनको विदेश मन्त्रालयका अनुसार पुटिन र सीबिच […]

२०८३ जेष्ठ ६ गते, बुधबार

अमेरिकाद्वारा इरानमाथि नयाँ प्रतिबन्ध !

काठमाडौँ । अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकाले इरानमाथिको आर्थिक दबाबलाई अझ कडा बनाउँदै इरानसँग सम्बन्धित प्रमुख वित्तीय सञ्जाल तथा तेल ढुवानी गर्ने जहाजमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको हो । इरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्न तथा अवैध गतिविधिहरूलाई आर्थिक सहायता पु¥याउन प्रयोग गर्दै आएको वित्तीय स्रोतहरूमा प्रहार गर्ने उद्देश्यले अमेरिकाले यो कारबाही […]

२०८३ जेष्ठ ६ गते, बुधबार

अमेरिकाद्वारा इरानमाथि   गर्ने भनिएको आक्रमण  स्थगित 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको बताएको छन्।  युद्ध अन्त्यका लागि भइरहेको वार्ता अझ गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको अनुरोधपछि यस्तो निर्णय लिएको बताएका छन्। ट्रम्पले यदि कुनै सम्झौता हुन नसकेमा कुनैपनि क्षणको पूर्वसूचनामा इरानमाथि पूर्ण तथा ठूलो […]

२०८३ जेष्ठ ५ गते, मंगलवार

ट्रम्पद्वारा इरानलाई सिध्याउने चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्तामा अमेरिकाले राखेका सर्तहरु पालना गर्न इरानलाई दबाब दिँदै अन्यथा इरानसँग ‘केही पनि बाँकी नरहने’ चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानको समय सकिँदै छ । उनीहरूले तुरुन्त कदम चाल्नुपर्छ, नत्र उनीहरूसँग केही पनि बाँकी रहने छैन । समय अत्यन्त महत्वपूर्ण छ ।’ट्रम्पको […]

२०८३ जेष्ठ ४ गते, सोमबार

इरानद्वारा हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार

काठमाडौँ । इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ । इरानले जहाजहरूकाे लागि अनुमति, दर्ता र कार्गो विवरण बुझाउनुपर्ने नयाँ नियम ल्याउने तयारी गरेकाे हाे । यसलाई अमेरिका र इजरायलमाथि दबाब सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा हेरिएको अलजजिराले जनाएको छ । यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग […]

२०८३ जेष्ठ ३ गते, आईतवार

इजरायल र लेबननबिच थप ४५ दिन युद्धविराम घोषणा

काठमाडौँ । इजरायल र लेबननबिच थप ४५ दिन युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढाउन सहमत भएको घोषणा गरेको छ। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले भनेका छन्, ‘दुवै देशका सैन्य टोली सम्मिलित सुरक्षा वार्ता मे २९ मा पेन्टागनमा सुरु हुनेछ।’अमेरिकाका राष्ट्रपति डोनाल्ड […]

२०८३ जेष्ठ २ गते, शनिबार

अमेरिकाद्वारा इरान युद्धमा २९ अर्ब डलर खर्च !

 काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा अहिलेसम्म २९ अर्ब डलर खर्च भएको जनाएको छ ।   क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले सो  तथ्याङ्क सार्वजनिक गरेको हो । नयाँ तथ्याङ्क दुई साताअघि रक्षा सचिव पिट हेगसेथले प्रस्ताव गरेको अनुमानभन्दा करिब चार अर्ब डलर बढी हो। हेगसेथ र ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’का अध्यक्ष जनरल […]

२०८३ बैशाख ३० गते, बुधबार

अमेरिकाकी राष्ट्रपति  ट्रम्प चीन प्रस्थान

काठमाडौँ ।   अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन प्रस्थान गरेका छन्। त्यसअघि उनले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नपर्ने बताएका छन्। ट्रम्पले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विस्तृत छलफल गरिने बताए। ट्रम्पले भनेका छन्, ‘हामीसँग छलफल गर्न धेरै कुरा छन्। स्पष्ट रूपमा भन्नुपर्दा इरान हाम्रो एजेन्डामा छैन, किनभने इरान पहिले नै हाम्रो […]

२०८३ बैशाख ३० गते, बुधबार

अस्ट्रेलियाद्वारा इरानमाथि नयाँ प्रतिबन्ध

काठमाडौँ । अस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङले इरानविरुद्ध नयाँ प्रतिबन्ध तथा यात्रा प्रतिबन्ध घोषणा गरेकी छिन् । अस्ट्रेलियाले इरानका सात जना व्यक्ति र चार संस्थामाथि प्रतिबन्ध लगाएको हो । आफ्ना नागरिकमाथि इरानले निरन्तर क्रूर दमन गर्दै आएको र क्षेत्रीय अस्थिरता बढाएको आरोप अस्ट्रेलियाको छ ।वोङले जारी गरेको वक्तव्यमा इरानी शासनले हजारौँ आफ्नै नागरिकको हत्या गरेको तथा […]

२०८३ बैशाख २९ गते, मंगलवार