बिश्व

किम जोङको हत्या भए स्वतः आणविक हमला !

काठमाडौँ । उत्तर कोरियाले संविधानमा संशोधन गर्दै यदि, नेता किम जोङ उनको हत्या भए जवाफी कदम स्वरूप स्वतः आणविक हमला गर्ने व्यवस्था गरेको अमेरिकाको ‘फक्स न्युज डिजिटल’ले बताएको छ। इरानका सर्वोच्च नेता अली खामेनी र अन्य अधिकारीहरूको हालैको द्वन्द्वका क्रममा हत्या भएपछि बढ्दो विश्वव्यापी तनावका बीच यो परिवर्तन गरिएको ‘द टेलिग्राफ’को रिपोर्टलाई उद्धृत गर्दै ‘फक्स […]

२०८३ बैशाख २८ गते, सोमबार

इरानको शान्ति प्रस्ताव  ट्रम्पद्वारा अस्वीकार

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले राखेको शान्ति प्रस्ताव अस्विकार गरेका छन  । गत फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध शुरु गरेको सैन्य कारबाहीपछि दुई पक्षबीच जारी तनाव कम गर्न अहिले पाकिस्तानमार्फत वार्ता चलिरहेको हाे । अमेरिकाले पटाएको शान्ति प्रस्तावको जवाफमा इरानले पठाएको पछिल्लो मस्यौदालाई राष्ट्रपति ट्रम्पले पूर्णतया […]

२०८३ बैशाख २८ गते, सोमबार

इजरायलद्वारा लेबनानमा आक्रमण : ३९ जनाको मृत्यु

काठमाडौँ । इजरायलले लेबनानका विभिन्न ठाउँमा गरेको भीषण हवाई आक्रमणमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायलले गरेको भीषण हवाई आक्रमणमा परी ३९ जनाको मृत्यु हुनुका साथै धेरै मानिसहरू घाइते भएका छन् । यस्तै ठूलो मात्रामा भौतिक क्षति समेत भएको छ। इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रहरू, विशेष […]

२०८३ बैशाख २७ गते, आईतवार

नाइजेरिया सैनिक कारबाही: ५० जिहादी लडाकूको मृत्यु

काठमाडौँ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा गत हप्ता भएको झडपमा परी मृत्यु हुने जिहादी विद्रोही लडाकूको संख्या ५० जना पुगेकाे छ।सन् २००९ देखि देशले बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको हाे। उनीहरूले यस क्षेत्रमा इस्लामिक खलिफा स्थापना गर्ने बताउँदै आएका छन् । सेनाले गत बिहीबार बुनी गारी शहरमा […]

२०८३ बैशाख २७ गते, आईतवार

ट्रम्पद्वारा रुस र युक्रेनबीच युद्धविराम घोषणा

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। उनकाअनुसार यो युद्धविराम मे ९ देखि ११ सम्म रहनेछ।ट्रम्पले युद्धविराम अवधिमा दुई देशबीच हजार कैदी आदानप्रदान गरिने जानकारी पनि दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु– रुस र युक्रेनबीच मे ९, १० […]

२०८३ बैशाख २६ गते, शनिबार

रूसद्वारा इरानबारे अमेरिकी प्रस्ताव अस्विकार

काठमाडौँ । रूसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा इरानका सम्बन्धमा अमेरिका र बहराइनद्वारा प्रस्तुत मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारेको छ । रूसी उप-परराष्ट्रमन्त्री अलेक्ज्याण्डर अलिमोभले मस्कोले उक्त दस्तावेजमा कुनै सकारात्मक सम्भावना नदेखेको उल्लेख गर्दै अमेरिका र बहराइनलाई आफ्नो प्रस्ताव फिर्ता लिन आह्वान गरेका छन् ।‘इज्वेस्टिया’ दैनिकसँग कुरा गर्दै उप-परराष्ट्रमन्त्री अलिमोभले सुरक्षा परिषद्को वार्ताको टेबुलमा अहिले […]

२०८३ बैशाख २६ गते, शनिबार

ज्वालामुखी विस्फोट :२० जना पर्वतारोही बेपत्ता

काठमाडौँ । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’ ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएको उद्धार अधिकारीलाइ उदृत गर्दै एएफपीले जनाएको छ। अधिकारीका अनुसार बेपत्ता हुनेहरूमा नौ जना सिङ्गापुरका नागरिक रहेका छन् भने विस्पोट हुँदा करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धुवाँ धुलो फैलिएको छ। उद्धार टोली उद्धारका लागि तैनाथ रहेको उल्लेख गर्दै अधिकारीले […]

२०८३ बैशाख २५ गते, शुक्रबार

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै

काठमाडौँ । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्झना तथा मेलमिलाप दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।उक्त प्रस्तावमार्फत सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकाय, […]

२०८३ बैशाख २५ गते, शुक्रबार

अमेरिका र इरानबीच पुन: सैन्य भिडन्त

काठमाडौँ । अमेरिका र इरानबीच बिहीबार हर्मुज जलमार्गमध्य क्षेत्रमा पुनः सैन्य भिडन्त भएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाएका छन्। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार हर्मुज जलमार्ग हुँदै ओमानको खाडी तर्फ गइरहेका अमेरिकी नौसेनाका तीन गाइडेड–मिसाइल विनाशक जहाजलाई इरानले मिसाइल, ड्रोन तथा साना डुंगामार्फत निशाना बनाएको थियो। सेन्टकमले सबै आक्रमणलाई बीचमै निष्क्रिय […]

२०८३ बैशाख २५ गते, शुक्रबार

ट्रम्पद्वारा इरानसँगको युद्ध चाँडै समाप्त हुने उदघोष

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएका छन्। उनले बुधबार साँझ होर्मुजको जलमार्ग र इरानको आणविक कार्यक्रममा सम्झौता गर्न प्रयास गरिरहेको बताए। ट्रम्पले रिपब्लिकन जर्जिया गभर्नर उम्मेदवार बर्ट जोन्सलाई समर्थन गर्ने कार्यक्रममा भने -‘के भइरहेको छ भनेर देख्दा, तपाईंले बुझ्नुहुनेछ कि हामी यो धेरै महत्वपूर्ण कारणले गरिरहेका छौं, हामी उनीहरूलाई […]

२०८३ बैशाख २४ गते, बिहीबार