बिश्व

कम्बोडियावाट १२ नेपालीको उद्धार

काठमाडौँ । थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको समन्वयमा कम्बोडियामा अलपत्र परेका १२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । उद्धार गरिएका नेपालीहरू चैत्र १६ गते कम्बोडियाबाट उडेर मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।उनीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन भइरहेका […]

२०८२ चैत्र १७ गते, मंगलवार

इरानद्वारा कुवेती तेल ट्यांकरमा मिसाइल आक्रमण

काठमाडौँ । इरानले द्वारा कुवेती तेल ट्यांकरमा मिसाइल आक्रमण गरेको छ। इरानले दुबई बन्दरगाहमा गरेको मिसाइल आक्रमणमा एउटा विशाल तेल ट्यांकर जलेको छ। कुवेतको तेल ट्यांकर जलेको र लामो समयदेखि आगो नियन्त्रणमा आउन नसकेको संयुक्त अरब इमिरेट्सका अधिकारीहरुले जनाएका छन्।सामुद्रिक फायर फाइटिङ टोली आगो नियन्त्रणमा लिने प्रयासमा जुटेको छ। आक्रमणमा लाखौँ ब्यारेल तेल बोकेको जहाजको […]

२०८२ चैत्र १७ गते, मंगलवार

इरानद्वारा इजरायलको पेट्रो केमिकल प्लान्टमा मिसाइल आक्रमण

काठमाडौँ । इरानले दक्षिणी इजरायलको एउटा केमिकल प्लान्ट (रसायन कारखाना)मा मिसाइल आक्रमण गरेको छ, जसका कारण प्लान्टमा भीषण आगलागी भएको छ। यसबाट उक्त क्षेत्रमा विषाक्त ग्यास चुहावटको खतरा पैदा भएको बताइएको छ। आक्रमणमा एक व्यक्ति घाइते भएका छन्। यो आक्रमण बियरशेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोत होवाव औद्योगिक क्षेत्रमा भएको हो। हमलापछि अधिकारीहरूले […]

२०८२ चैत्र १६ गते, सोमबार

ट्रम्पद्वारा इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिने उद्घोष

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिने बताएका छन् । फाइनान्सियल टाइम्सको अन्तवार्तामा उनले सो अभिव्यक्ति दिएका हुन् । आफूलाई इरानको तेल लिन मन लागेको तर अमेरिकाभित्रका केही मूर्ख मानिसहरुले किन त्यसो गरेको भनेर आफूलाई प्रश्न गरिरहेको पनि उनले बताएका छन् । उनले भनेका छन् -‘साँचो भन्नुपर्दा, मेरो मनमा […]

२०८२ चैत्र १६ गते, सोमबार

रूसले पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने !

काठमाडौँ । रूसले आगामी अप्रिल १ देखि जुलाई ३१ सम्म पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले ऊर्जा मन्त्रालयलाई यससम्बन्धी प्रस्ताव तयार पार्न निर्देशन दिएका हुन् । रूसले आन्तरिक आपूर्ति कायम राख्न र मूल्य नियन्त्रण गर्न यस्तो कदम चालिएको जनाएको छ । नोभाकका अनुसार मध्यपूर्वमा जारी इजरायल-इरान द्वन्द्वका कारण विश्व बजारमा […]

२०८२ चैत्र १५ गते, आईतवार

इजरायलद्वारा आफ्ना नागरिकलाई सुरक्षित आश्रयस्थलमा जान निर्देशन

काठमाडौँ । इजरायलले आफ्ना नागरिकलाई सुरक्षित आश्रयस्थलमा जान निर्देशन दिएको छ। इरानले शक्तिशाली आक्रमण सुरु गरेपछि इजरायलले आफ्नो वायु रक्षा प्रणाली सक्रिय पारेको जनाउदै सो निर्देशन दिएको हो ।इजरायली सेना आईडीएफले नागरिकलाई सुरक्षित आश्रयस्थलमा जान निर्देशन दिएको छ। उता, इरानमाथि पनि शक्तिशाली आक्रमण जारी छ। मानव अधिकारवादी संस्था ह्रानाले पछिल्लो २४ घण्टामा इरानमा ७०१ पटक […]

२०८२ चैत्र १५ गते, आईतवार

इरानको सैन्य आक्रमणवाट १२ जना अमेरिकी सैनिक घाइते

काठमाडौँ । साउदी अरबस्थित प्रिन्स सुल्तान एयरबेसमा इरानले गरेको सैन्य आक्रमणमा परी १२ जना अमेरिकी सैनिक घाइते भएका छन्।फेब्रुअरी २८ देखि इरानविरुद्ध सुरु भएको युद्धमा अमेरिकी सेनामाथि भएको यो पछिल्लो ठूलो प्रहार हो। यससँगै युद्ध सुरु भएदेखि अहिलेसम्म घाइते हुने अमेरिकी सैन्य सेवाका सदस्यहरूको संख्या ३०० नाघेको छ। अमेरिकी सेनाले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार […]

२०८२ चैत्र १४ गते, शनिबार

इरान युद्धमा २५० विद्यार्थी तथा शिक्षकको मृत्यु

काठमाडौँ । इरानले युद्धका क्रममा २५० विद्यार्थी तथा शिक्षकसहित ठूलो जनधनको क्षति भएको जनाएको छ। इरानको शिक्षा मन्त्रालयका अनुसार अमेरिका र इजरायलका आक्रमणमा हालसम्म २५० विद्यार्थी तथा शिक्षकको मृत्यु भएको छ । ती आक्रमणबाट सयौँ शैक्षिक तथा सांस्कृतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ । सरकारी समाचार माध्यमका अनुसार ७२३ वटा शैक्षिक र सांस्कृतिक संस्थान […]

२०८२ चैत्र १३ गते, शुक्रबार

ट्रम्पद्वारा इरानमा सैन्य आक्रमण थप १० दिनका लागि स्थगित गर्ने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा संरचनामा गर्ने भनिएको सैन्य आक्रमण थप १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।इरानसँग वार्ता भइरहेको भन्दै ट्रम्पले इरानी ऊर्जा संरचनामा हमला गर्ने निर्णय थप दिनका लागि स्थगित गरेको भनेर आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा लेखेका छन्।ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्नका लागि […]

२०८२ चैत्र १३ गते, शुक्रबार

इरानद्वारा अमेरिकाको युद्ध अन्त्य गर्ने प्रस्ताव अस्वीकार

काठमाडौँ । इरानले अमेरिकाको युद्ध अन्त्य गर्ने प्रस्ताव अस्वीकार गरेको छ। इरानले अमेरिकाद्वारा प्रस्तावित १५ बुँदे प्रस्ताव आफूले प्राप्त गरे पनि त्यसको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको छ। विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले इरानी स्रोतलाई उधृत गर्दै तेहरानले अमेरिकाको प्रस्ताव प्राप्त गरेको जनाएको छ। तर यो प्रस्ताव अत्यान्तै ‘अधिकतमवादी र अव्यावहारिक’ भएको इरानको प्रतिक्रिया छ।केही सञ्चारमाध्यममा […]

२०८२ चैत्र १२ गते, बिहीबार