बिश्व

विमान सडकमा खस्दा एक जनाको मृत्यु

काठमाडौं,२१ चैत । अमेरिकामा निजी बिमान दुर्घटना हुँदा सडकमा सवार कार चालकको मृत्यु भएको छ । अमेरिकाको क्यलिफोर्नियामा बिमानमा प्राविधिक गडबडी आएपछि बाटोमा खसेको थियो । घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । बिमान अवतरण गर्ने क्रममा बिमानस्थलनजिक रहेको कारको पछाडी रहेका ब्यक्तिको मृत्यु भएको हो । – एजेन्सी

२०७२ चैत्र २१ गते, आईतवार

आर्ईएसको कब्जाबाट ४० शव बरामद

काठमाडौं, २१ चैत । सिरियाको ऐतिहासिक तथा पुरातात्विक शहर पाल्माइराबाट ४० वटा शव बरामद गरिएको छ । पल्माइरा शहर आर्ईएसको कब्जाबाट आफनो नियन्त्रणमा लिएको सिरियाली सेनाले ४० वटा शव बरामद गरेको हो । बरामद गरिएका शवमा महिला र बालबालिकाको संख्या बढी छ । जसमा केहीको शीर छेदन र केहीको गोली हानी हत्या गरिएको बताइन्छ । […]

२०७२ चैत्र २१ गते, आईतवार

विश्वमा परमाणु आक्रमणको खतरा : ओबामा

काठमाडौं, २० चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादीले परमाणु आक्रमणको तयारी गरेको र यसले विश्व सुरक्षामा खतरा बढाएको बताएका छन् । अमेरिकामा भएको परमाणु सुरक्षा सम्मेलनमा राष्ट्रपति ओबामाले आतंककारीले परमाणु आक्रमणको तयारी गरेको र त्यसो भएका यसले विश्वको मुहार नै परिवर्तन हुने सत्य रहेको बताए । परमाणु आतंकलाई रोक्नका लागि ठोस कदम चाल्नु पर्नेमा […]

२०७२ चैत्र २० गते, शनिबार

अल्छीलाई रोजगारीको अवसर

काठमाडौँ, १९ चैत । भारतको बेंग्लोरस्थित एक कम्पनीले त्यस्ता अल्छी मानिसलाई रोजगारीका लागि आवेदन दिन आह्वान गरेको छ, जो कुम्भकर्ण झैं सुतिरहन रुचाउँछ । ओछ्यान छाड्नै नचाहने व्यक्तिका लागि उक्त रोजगारीका लागि विशेष प्राथमिकता दिइने जनाइएको छ । अर्बन लेडर कम्पनीले अल्छीहरुका लागि रोजगारीको अवसर सिर्जना गरेको हो । आफूले उत्पादन गरेको म्याट्रेस (गद्दा) कति […]

२०७२ चैत्र १९ गते, शुक्रबार

आकाशेपुल भत्कदा १० जनाको मृत्यु

काठमाडौं, १८ चैत । भारतको कोलकातमा एक निमार्णाधीन आकाशेपुल (फ्लाइओभर) भत्कँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । कोलकाताको औद्योगिक क्षेत्रमा भएको दुर्घटनामा अरु दर्जनौं घाइते भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । विगत ५ वर्षदेखि निर्माण भैरहेको सो पुल भत्किएर सडकमा गुडिरहेको गाडीमा खसेको प्रहरीले जनाएको छ । उक्त घटनामा केही मानिसहरु गाडीभित्र च्यापिएको जनाएको […]

२०७२ चैत्र १८ गते, बिहीबार

लिबियाली सरकारका नेताहरु समुद्री बाटो हुँदै त्रिपोलीमा

काठमाडौं, १८ चैत । लिबियामा संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त राष्ट्रपतीय परिषद्का शीर्ष नेताहरु राजधानी त्रिपोली पुगेका छन् । छिमेकी मुलुक ट्युनिसियामा बसेर आफूलाई लिबियाको आधिकारिक सरकार दावी गर्दै आएका नेताहरु समुद्री बाटो हुँदै डुंगा चढेर राजधानी त्रिपोली पुगेका हुन् । राजधानी त्रिपोली कब्जामा लिएर शासन गर्दै आएका खालिफा घवेलको समुहले पछिल्ला केही दिन त्यहाँको हवाई […]

२०७२ चैत्र १८ गते, बिहीबार

प्रेमीको मुटु झिक्नेलाई मृत्युदण्ड

काठमाडौ, १७ चैत । बंगलादेशमा एउटा अदालतले प्रेमीको मुटु झिकेर हत्या गरेकोमा प्रेमिकालाई मृत्युदण्डको सजाय तोकेको छ । २१ वर्षीया फतिमा अख्तर सोनालीले आफ्नै प्रेमीको विभत्स हत्या गरेकी थिइन् । आफूसँग विवाह गर्न नमानेको भन्दै उनले प्रेमीको हत्या गरेको बताइएको छ । यस अतिरिक्त आफूसँगको यौनसम्पर्कलाई कथित रुपमा ती प्रेमीले भिडियो बनाएको र अर्की एक […]

२०७२ चैत्र १७ गते, बुधबार

पाकिस्तानमा हिंस्रक प्रदर्शन

काठमाडौँ, १६ चैत । पाकिस्तानमा सरिया कानुन लागू गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले दर्जनौं सवारीसाधनमा आगजनी गरेका छन् । प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । राजधानी इस्लामावादमा भेला भएका प्रदर्शनकारीले पूर्व गभर्नर सलमान तासीरका हत्यारालाई दिइएको फाँसीको विरोध गर्दै पाकिस्तानमा सरिया कानुन लागू गर्नुपर्ने माग गरेका छन् । […]

२०७२ चैत्र १६ गते, मंगलवार

सार्वजनिक पार्कमा विस्फोट , ६९ जनाको मत्यु

काठमाडौं, १५ चैत । पाकिस्तानको लाहोरस्थित एक सार्वजनिक पार्कमा विस्फोट हुँदा ६९ जनाको मृत्यु भएको छ । घटनामा अरु तीन सयभन्दा धेरै घाइते भएको सरकारी अधिकारीले जनाएका छन् । पञ्जाव प्रान्तको राजधानी लाहोरको गुलशन इकबाल पार्कको गेटनजिक मानिसहरुको भीड भएको स्थलमा हिजो साँझ विस्फोट गराइएको हो । बिदा मनाउन मानिसहरु भेला भएको स्थानमा विस्फोट गराउँदा […]

२०७२ चैत्र १५ गते, सोमबार

ब्रसेल्स आक्रमणका मुख्य अभियुक्त स्वतन्त्र पत्रकार

काठमाडौं, १४ चैत । गतसाता बेल्जियमको ब्रसेल्समा भएको आक्रमणपछि पक्राउ परेका एक ब्यक्ति नै मूख्य अभियुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनालगत्तै पक्राउ परेका फैसल शेफु नामका युवक नै त्यस घटनाका मूख्य अभियुक्त ठहर भएको बेल्जियममा सञ्चार माध्यमहरुले जनाएका छन् । घटनापछि सार्वजनिक गरिएको तस्वीरमा सेता पहिरनमा देखिएका युवक नै मूख्य अभियुक्त मानिएका हुन् […]

२०७२ चैत्र १४ गते, आईतवार