बिश्व

शरणार्थी चढेको डुंगा दुर्घटना: १७ जनाको मृत्यु

काठमाडौं । अमेरिका जाने क्रममा रहेको हाइटीका शरणार्थीहरू चढेको डुंगा न्यु प्रोभिडेन्स टापुबाट अघि बढ्ने बित्तिकै बहामास तटमा पल्टिदा १७ जनाको मृत्यु भएको छ । साेही घटनामा एक शिशुसहित १७ जनाको मृत्यु भएको हो । ६० जना भन्दा बढी शरणार्थी सवार उक्त डुंगाबाट २५ जनाको भने उद्धार गरिएको छ । हाइटीमा बढ्दो गरीबी र हिंसाका […]

२०७९ श्रावण ९ गते, सोमबार

रुस र युक्रेनबीच खाद्यान्न निर्यात खुलाउने सम्झौता

काठमाडौं । टर्कीको इस्तानुबलमा भएको लामो वार्तापछि रुस र युक्रेनबीच खाद्यान्न निर्यात खुलाउन सहमत भएका छन् । तर सिधा युद्धमा रहेका रुस र युक्रेनले सम्झौतामा हस्ताक्षर गर्दा एउटै टेबलमा भने बसेनन् । सम्झौतामा पहिला रुसका रक्षामन्त्री सर्गेई सोयुगुले हस्ताक्षर गरे । त्यसपछि अलग्गै टेबलमा युक्रेनका पूर्वाधारमन्त्री ओलेक्सान्दर कुब्राकोभले हस्ताक्षर गरे ।सम्झौता अनुसार अब युक्रेनी बन्दरगाहमा […]

२०७९ श्रावण ७ गते, शनिबार

बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस तापक्रम रेकर्ड

काठमाडौं । बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस (१०४ एफ) भन्दा बढी तापक्रम रेकर्ड गरिएको छ। लिंकनशायरको कोनिङ्स्बीमा ४० दशमलब ३ डिग्री सेल्सिय पुगेको छ भने ३३ अन्य स्थानमा बेलायतको यसअघिको उच्चतम तापक्रम ३८ दशमलब ७ डिग्री सेल्सियसलाई पार गरेको छ। गर्मी बढेसँगै आगलागीका घटना बढेका छन्। पूर्वी लन्डनको वेनिङटनमा ठूलो आगलागी हुँदा घरहरू जलेर […]

२०७९ श्रावण ४ गते, बुधबार

‘नैतिकताका धरोहर मण्डेलाको सम्मान गरौँ’

काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण गर्दै उहाँले छाडेर गएको विरासतको सम्मान गर्न आह्वान गरेका छन् । “नेल्सन मण्डेला समुदायका समस्या समाधान गर्ने क्षमता भएका महान् व्यक्ति हुनुहुन्थ्यो, उहाँमा हामी सबैको समुज्ज्वल भविष्य निर्माण गर्ने क्षमता र जिम्मेवारीबोध थियो,” महासचिव गुटरेसले नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका […]

२०७९ श्रावण ३ गते, मंगलवार

युरोपका अधिकांश मुलुकहरु उच्च तापमानको मारमा

काठमाडौं । युरोपका अधिकांश मुलुकहरु यतिबेला उच्च तापमानको मारमा परेका छन् । स्पेनमा ४३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिंदा फ्रान्सको तापक्रम ४२ डिग्री पुगेको हाे। फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जंगलमा लागेको डढेलोले हजारौं मानिस विस्थापित भएका छन् । फ्रान्सको जंगलमा लागेको डढेलोका कारण ३० हजार मानिस आफनो थातथलो छोडेर भागेका छन् ।फ्रान्सको पर्यटकिय गिरोन्डे […]

२०७९ श्रावण ३ गते, मंगलवार

सिंगापुरद्वारा श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई देश छाड्न आदेश

काठमाडौं । सिंगापुरले श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई देश छाड्न आदेश दिएको छ । सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उहाँलाई राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको हो । आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेकाे सपरिवार नै देशबाट भागेकाे थियाे।गत […]

२०७९ श्रावण ३ गते, मंगलवार

अमेरिकाले भारतको एस–४०० मिसाइल क्षणभरमा खरानी बनाउँने !

काठमाडौं । रुस–युक्रेन युद्धको बीचमा एस–४०० मिसाइल प्रणालीको चर्चा चलिरहेको छ । हालै अमेरिकाले भारतलाई एस–४०० प्रणाली खरिदमा प्रतिबन्धबाट छुट दिएको छ। अब युक्रेनका आन्तरिक मामिला मन्त्रीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले रुसी एस–४०० मिसाइल प्रणालीले एचआईएमएआरएस रकेटलाई रोक्न नसक्ने दाबी गरेका छन्। HIMARS को पूरा नाम M142 High Mobility Artillery Rocket System हो । यो अमेरिकी […]

२०७९ श्रावण १ गते, आईतवार

हेलिकप्टर दुर्घटनामा १४ जना सैनिकको मृत्यु !

काठमाडौं । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ । साेही दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागूऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको सैनिक हेलिकप्टर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको मेक्सिकोको नौसेनाले जनाएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य […]

२०७९ असार ३२ गते, शनिबार

जी २० का अर्थमन्त्री तथा गभर्नरको सम्मेलन सुरू

काठमाडौं । रुस-युक्रेन युद्धले विश्वव्यापी महँगी तथा खाद्यान्न संकट चुलिएको बेला विश्वका उदयमान जी २० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरूको शिखर सम्मेलन इण्डोनेसियाको बालीमा सुरू भएको छ । सम्मेलनमा रुस र युक्रेनको पनि सहभागिता रहेकाले युद्धरत दुई देशबीच वार्ताका लागि बैठक फलदायी हुनेमा आयोजक इण्डोनेसिया आशावादी देखिएको छ । इण्डोनेसियाका राष्ट्रपति जोको विदोदोले यसै […]

२०७९ असार ३१ गते, शुक्रबार

रुसका कारण विश्वभर अशान्ति !

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमणका कारण खाद्यान्न उत्पादनमा अवरोध हुँदा श्रीलंका र विश्वभर अशान्ति निम्तिएको टिप्पणी गरेका छन्। रूसले युक्रेनको आक्रमणमा प्रयोग गरेको एउटा प्रमुख रणनीति ‘आर्थिक झट्का’ सिर्जना गर्नु रहेको जेलेन्स्कीको भनाई छ । आपूर्ति श्रृंखलामा अवरोधका कारण खाद्यान्न र इन्धनको अभाव भोगिरहेका धेरै देशहरूले रुसी एजेन्डालाई फाइदा पुर्‍याएको उनले […]

२०७९ असार ३० गते, बिहीबार