क्षेप्यास्त्र साप्ताहिक अठारौँ वर्षमा
दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दालेनबाट प्राप्त गणतन्त्रसँगै यसलाई संस्थागत गर्न तथा नेपाल र नपोलीको स्वाधिनता स्वाभिमानको रक्षा गर्दै जनतालाई सुसूचित गर्ने महान् कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ सुरु गरिएको यस साप्ताहिकले सत्र वर्ष पार गरी अठार वर्षमा पाइला टेकेको छ । यस साप्ताहिक बैज्ञानिक समाजवादको मिसन बोकेर अघि बढेको एउटा क्रान्तिकारी पत्रिका हो । यतिबेला, संसद्वादी व्यवस्था, दल र नेताको हर्कतका कारण नाममात्रको संघीय गणतन्त्रले देश र जनातालाई मुक्ति दिनुभन्दा झन–झन् संकटग्रस्त बनाउँदै लागेको छ । सिद्धान्तमा सिंहदरबारमा सीमित राज्य सत्ताको विकेन्द्रीकरण गरिएको छ, केन्द्रदेखि स्थानीयतहसम्म जनताका प्रतिनिधिहरुले शासन गरेका छन्, एकात्मक राज्य व्यवस्थाको स्थानमा संघीय र राजतन्त्रको स्थानमा जनताका प्रतिनिधि मूली हुने गणतन्त्र स्थापित गरिएको छ । तर, जनताले जुन आकांक्षा र अपेक्षा गर्दै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका थिए, व्यवहारमा त्यस्तो देखिएको छैन । शासन व्यवस्थामा दलीय र त्यसमा पनि गुट विशेषको हालिमुहाली चलाउने विकृति देखिएको छ । राज्य व्यवस्थामा इमान र आस्था बोकेकाहरुको भन्दा विचौलिया वर्गको पहुँच बढ्दा जनता प्रताडित भएका छन् । राजनीतिक विकृति चरमरुपमा बढेको छ । संसद्वादी राजनीतिक दल देश र जनताभन्दा सत्ता केन्द्रित राजनीतिमा सम्पूर्ण तागत लगाइरहेका छन् । भ्रष्टाचारका ठूला–ठूला काण्डहरु त्यसै छोप्न खोजिएको छ भने राज्यका स्रोत दोहनका लागि सत्तानिकट व्यक्तिहरुलाई खुलेआम छुट दिइएको छ । त्यसका लागि संविधान, कानुन र विधिहरु ठाडै उल्लंघन गर्न थालेका छन् । राजनीतिक विकृति घाँटी घाँटीसम्म आउने गरी बढेको छ । राजनीतिक दल सत्ताका लागि केन्द्रित गतिविधि भइरहेका छन् । सत्ताका लागि आफ्नै दल फुटाउनेदेखि सांसद किन–बेचसम्मका विकृति देखिएको छ ।
देश इतिहासमै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सबै क्षेत्रमा संकटग्रस्त स्थितिमा पुगेको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघेको छ । जसको पुष्टि पशुपतिनाथको जलहरी प्रकरण, भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दालगायत एनसेल प्रकरण, बालुवाटार जग्गा प्रकरण, स्वास्थ्य सामग्री खरिद (ओम्नी) घोटला काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, गुणस्तरहीन मल खरिद प्रकरण, नारायणहिटीभित्रै होटल र रेष्टुरेन्ट खोल्न दिने (बतास समूह) प्रकरण, ३३ किलो सुनकाण्ड, वाइडबडी जहाज काण्ड, रेल विभाग प्रकरण, यति समूह काण्ड, गिरिबन्धु टि स्टेटको जग्गा बिक्री काण्ड, पुस्तक र विद्युतीय सवारीमा कर, चकलेटमा भन्सार छुट काण्ड, कालिगण्डकी डाइभर्सनको प्रकरण, पप्पु कन्स्ट्रक्सन काण्ड, सांसद अपहरण, खरिद–बिक्री काण्ड, अवैध रूपमा चुन उत्खनन्लगायत यावत प्रकरणले प्रमाणित गर्दछ । जनता वित्तीय संस्था, लघुवित्त र मिटरब्याजीको आतंकबाट त्राहिमाम छन्, महँगीले जनताको चुलोचौको बन्द हुने स्थिति बनेको छ, किसानले मल–बीउ, पीडितले उचित र समयमा न्याय पाएका छैनन् । शान्ति सुरक्षा एकादेशको कहानी भएको छ । जता हे¥यो उतै भद्रगोलको स्थिति छ अर्थात् सरकारका तीनवटै अंगहरु निकम्मा र भ्रष्टाचारका अखडामा परिणत भएका छन् । एमसीसी सम्झौता लागु भएको छ, एसपीपीपी सम्झौता लागू गर्न विभिन्न प्रपन्चहरु भइरहेका छन् भने वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ । यी सबै घटनाले सरकार, संसद्वादी दल र नेता अर्थात् संसदीय व्यवस्थाले नेपालको सार्वभौमिकता, राजनैतिक स्वतन्त्रता र जनभावनाको रक्षा गर्न सक्दैन भन्ने आमजनताले छर्लङ्ग बुझ्ने गरी प्रमाणित भएको छ ।
यता, देशका ठूला मिडिया भन्नेहरूले समेत आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि देश र जनहित विपरित कार्य गर्दै आइरहेका छन् । राष्ट्र, राष्ट्रियता र नागरिक सर्वोच्चताप्रति तिनीहरूलाई कुनै रुची छैन, ठाडो वैदेशिक हस्तक्षेपप्रति कुनै प्रतिक्रिया जनाउँदैनन् । यस्तो अवस्थामा निश्चय नै राष्ट्र, राष्ट्रियता र नागरिक सर्वोच्चता पक्षधर मिडियाहरूको आवश्यकता बोध भएको छ । वैदेशिक हस्तक्षेपका विरुद्ध आवाज बुलन्द गर्ने छापाहरूको अझै आवश्यकता रहेको छ । यही आवश्यकतालाई बोध गरेर प्रकाशन गरिएको यस साप्ताहिक आगामी दिनमा पनि आफ्नो जिम्मेवारीबाट पछाडि हट्ने छैन भन्ने विश्वास दिलाउँदै र प्रतिबद्धता गर्दै हाम्रो यस अभियानमा सहयोग पु¥याउने सम्पूर्र्ण राष्ट्रभक्त र जिम्मेवार नागरिकहरूबाट आवश्यक सरसल्लाह र सुझाव प्राप्त हुनेछ भन्नेमा हामी विश्वस्त छाँै । योबीचमा क्षेप्यास्त्र साप्ताहिकले जे–जति प्रगति ग¥यो, पाठक कमायो, गाली र ताली दुवै जे–जस्तो पायो । त्यसको परिणाम पक्कै एक्लो प्रयासबाट सम्भव भएको होइन । हाम्रो यस अभियानको छोटो अवधिमा नै आमनेपाली दाजुभाइ, दिदीबहिनीले हामीप्रति देखाएको सद्भाव सह्रानीय छ । यसबाट हाम्रो हौसला एवंम दायित्व अभैm बढ्न गएको छ । यसरी हाम्रो अभियानमा साथ दिई हामीलाई हौसला प्रदान गर्ने सम्पूर्ण पाठक, विज्ञापनदाता, बिक्रेता एवं शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछाँै । हामी यहाँहरूको सकारात्मक सल्लाह, सुझाव र आलोचनाको निरन्तर अपेक्षा राख्दै देश र जनाताको पक्षमा अडिग भएर निरन्तर कलम चलाई रहने प्रणसमेत गर्दछौ ।