आज विश्व दृष्टि दिवस

२०७० आश्विन २४ गते, बिहीबार

काठमाडौं, २४ असोज । नेपाल आँखा अस्पतालको आयोजनामा “सबैका लागि आँखा स्वास्थ्य, आजै आफ्नो आँखा जाँच गराऔं” भन्ने नाराका साथ विभिन्न कार्यक्रमका साथ १६ औं विश्व दृष्टि दिवस मनाइदैछ । अन्धोपन र दृष्टिदोषका समस्याबारे जनसाधारणमा चेतना अभिवृद्धि गर्न आज विश्वभर विश्व दृष्टि दिवस मनाइँदै छ । मधुमेह, मोतिविन्दु र जलविन्दु अन्धोपनका प्रमुख कारण भएकाले बालकदेखि वृद्धसम्म सबैले नियमितरूपमा नेत्र परीक्षण गराउनुपर्नेमा आँखा उपचारको क्षेत्रमा कार्यरत चिकित्सकहरूले जोड दिएका छन् । चार लाखभन्दा बढी नेपालीको एउटा आँखा दृष्टिविहीन रहेको, दुई लाख वयस्क र ९० हजार बालबालिका न्यून दृष्टिको समस्याबाट पीडित भएका छन् । आखा रोग बिज्ञहरुका अनुसार हरेक दिन नेपालमा एकसय २५ जना वयस्क दृष्टिविहीन हुने र सातजना बालबालिकाले आँखाको ज्योति गुमाउने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]