स्ववियु निर्वाचनलाई प्रभावित पार्न अखिल क्रान्तिकारीका नेता गिरफ्तार

काठमाडाैँ। अखिल क्रान्तिकारीले क्याम्पस जिल्लाका संयोजक तथा पशुपति वहुमुखी क्याम्पसका स्ववियु सभापतिका उम्मेदवार सुवास महत र रत्नराज्य क्याम्पसका इकाई कमिटि अध्यक्ष . जगदिश जंग गिरीलाई प्रहरीले षडयन्त्रपुर्ण ढंगले स्ववियु निर्वाचनलाई प्रभावित पार्ने गरि काठमाण्डौँवाट गरेको गिरप्तारीको घोर भ्रत्सर्ना एवं निन्दा गर्दै अबिलम्ब रिहाईको माग गरेको छ । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले आज एक विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् ।
अध्यक्ष शाहीले वौद्ध विकास कोषमा भएको भ्रष्टाचार र अनियमितताका विरुद्ध संघर्ष गर्दा झुट्टा मुद्धा लगाएर स्ववियु निर्वाचनको मुखमा
गिरप्तार गर्ने विषय षड्यन्त्रमुलक र खेदजनक भएको उल्लेख गर्दै गिरप्तार गरिएकालाई तत्काल रिहा गर्न र भ्रष्ट वौद्ध विकास कोषका पदाधिकारीहरुलाई कडा कारवाही गर्न जोडदार माग गरेका छन । उनले अन्यथा कडा संघर्ष उत्रिने र त्यसको जिम्मेवार स्वयं प्रहरी प्रशासन र वौद्ध विकास कोषका पदाधिकारी हुने चेतावनीसमेत दिएका छन।
