आमह्तालका कारण देशभरको जनजीवन ठप्प

२०७० कार्तिक २५ गते, सोमबार


काठमाडौं, कार्तिक २५ – नेकपा-माओवादीसहित विभिन्न ३३ दलले गरेको आमह्तालका कारण देशभरको जनजीवन ठप्प भएको छ । ३३ दलका कार्यकर्ताहरु बन्द आह्वान गर्दै विहानैदेखि सडकमा उपस्थित भएर प्रदर्शन गर्नुका साथै बन्द गराउँदै हिँडिरहेका छन् ।माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको आम हड्ताल बिहानैदेखि प्रभाव परेको छ ।बन्दका कारण यातायात, बजार, पसल, शिक्षण संस्था ठप्प भएका छन् । सडकमा सवारी चलेका छैनन् ।खिलराज नेतृत्वको सरकारले मंसिर ४ गतेका लागि तोकेको संविधानसभा निर्वाचन बहिस्कारको घोषणा गरेको मोर्चाले बन्दलगायतका विरोधका कार्यक्रम गरेर बिथोल्ने प्रयास गरेको छ ।
बन्दका क्रममा विभिन्न जिल्लामा सवारी तोडफोड भएका छन् भने केही ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीले तीन दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
दोलखामा अरनिको यातायात सेवा समितिको तीन वटा बसमा आगजानी भएको छ । त्यस्तै भक्तपुरमा शान्ति मन्त्रालयको एउटा जीपमा पनि आगजानी भएको छ । दोलखामा बा ३ ख १८०६, बा २ ख ३५३४ नम्बरको बसमा र सानोठिमीमा ना ३ ख ३७११ नम्बरको आगजानी भएको छ ।
यात्रु बाहक सवारीमा आगजानी भएपछि सुरक्षा नभएको भन्दै कोटेश्वर पूर्वका जिल्लामा सञ्चालन हुने बस ठप्प छ । तीन वटा बस जलाएपछि असुरक्षाको महसुस गरेर सवारी सञ्चालन नभएको हो । यातायात सुचारु गर्न बसपार्कमा बिहान बस तयारी अवस्थामा राखेपनि व्यवसायीले असुरक्ष्ँाका कारण सेवा सञ्चालन गर्न नमानेको उनले बताए । त्यस्तै भक्तपुरको खरिपाटीस्थित शान्ति मन्त्रालयको बा. १ झ. ७०८४ नम्बरको गाडी आगजनी भएको छ । त्यस्तै सानोथिमि एसओएस नजिकै बसमा आगजनी गर्दा बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]