आमह्तालका कारण सुनसरीमा जनजीवन ठप्प

२०७० कार्तिक २५ गते, सोमबार

काठमाडौं, कार्तिक २५ – नेकपा-माओवादी नेतृत्वको ३३ दलले गरेको आमह्तालका कारण सुनसरीमा जनजीवन ठप्प भएको छ । सुनसरीको निर्वाचन क्षेत्र न. १ को धरानमा तिन वटा टेम्पो र एउटा बलेरो गाडी बन्द कर्ताले तोडफोड गरेका छन् भने क्षेत्र न. तिनको सोनापुरमा एउटा ट्रक र क्षेत्र न. पाचको श्रीपुरमा एक वटा ट्रक तोडफोड भएको छ l बन्द सफल बनाउन सडकमा उत्रिएका नेकपा – माओबादीका दुइजना कार्यकर्ता सुवास र सुदिपलाइ प्रहरीले पक्राउ गरेको नेकपा – माओबादी सुनसरीका इन्चार्ज शारदाले बताएकी छन् l अहिले सुसरी लगायत पुर्बी नेपालको जीवन बन्दका कारण ठप्प भएको बताईएको छ l

प्रतिक्रियाहरु

[anycomment]