इरानमाथि भएको सैन्य हमला अस्वीकार्य

२०८२ फाल्गुन १८ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले अमेरिका र इजरायले इरानमाथि भएको भिषण सैन्य हमला अस्वीकार्य भएको बताउदै यक्त कार्यको कडा विरोध र घोर भर्त्सना गरेको छ। सो पार्टीका महासचिव विप्लव सीले आईतवार एक प्रेस जारी गर्दै सो बिरोध र भर्त्सना जनाएका हुन्।
महासचिव विप्लव सीले बिज्ञप्तिमार्फत् उक्त हमला र विध्वंसको घोर भर्त्सना गर्दै अमेरिका-इजरायलले इरानमाथि भिषण संयुक्त सैन्य हमलामा परेर इरानका सर्वोच्च नेता अयातोल्लाह अली खमेनीसहित दर्जनौ अधिकारी र नागरिकहरूको मृत्यु भएको उल्लेख गर्दै उक्त घटनाले विश्वलाई स्तब्ध, त्रसित र आक्रोसित बनाएको बताएका छन् ।
महासचिव विप्लव सीले बिज्ञप्तिद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘इरान एक स्वतन्त्र एवं सार्वभौमिक मुलुक हो । यसभित्र आफ्‌ना समस्याहरू होलान् तर तिनको समाधान बाह्य हस्तक्षेपबाट होइन आन्तरिक जनअभिमतद्वारा खोज्नु पर्छ। अमेरिकाले आफूसँगको विमतिलाई अन्य बाहनासँग जोडर भयानक एवं विध्वंसात्मक हमला गर्नु कदापि स्वीकार्य हुन सक्दैन ।’
यसैगरी, महासचिव विप्लव सीले बिज्ञप्तिद्वारा जारी बिज्ञप्तिमा अगाडि भनिएको छ -‘अमेरिका र इरानबिचको युद्धले सिङ्गो मध्यपूर्व प्रभावित भएको छ । जहाँ तिस लाख नेपाली वैदेशिक रोजगारीका सिलसिलामा पुगेका छन् ती यस युद्धबाट प्रत्यक्ष प्रभावित भएका छन् । हाम्रो आग्रह छकि युद्ध भयानक हुने अवस्थामा कतार, यूएई, साउँदीअरब, कुवेत, बहराइन आदि देशले नेपाली नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गर्न र सुरक्षित नेपाल पठाउने बन्दोबस्त गरोस भन्ने माग गर्दछौ। त्यसैगरी नेपाल सरकारलाई पनि आफ्‌ना नागरिकसँग प्रत्यक्ष सम्बन्धमा रहेर प्रभावकारी कूटनीतिक पहल गरी सुरक्षित बसोबासको व्यवस्था गर्न साथै आवश्यक परे स्वदेश फर्काउन पहल गरोस भन्ने माग गर्दछ ।’
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीद्वारा बिज्ञप्ति यस प्रकार रहेको छ – ‘सन् २०२६ फेब्रुअरी २८ (वि.सं. २०८२ फागुन १६) का दिन अमेरिका-इजरायलले इरानमाथि भिषण संयुक्त सैन्य हमला गरे । उक्त हमलामा परेर इरानका सर्वोच्च नेता अयातोल्लाह अली खमेनीसहित दर्जनौ अधिकारी र नागरिकहरूको मृत्यु भयो । यस घटनाले विश्वलाई स्तब्ध, त्रसित र आक्रोसित बनाएको छ। हामी यस हमला र विध्वंसको घोर भर्त्सना गर्दछौ ।
अमेरिकामा ट्रम्पको उदयसँगै विश्वले दोस्रो विश्वयुद्धपछि कै भयानक साम्राज्यवादी फासिवादी हमलाहरू भोग्दै छ । १ महिना अगाडि भेनेजुएलामाथिको हमला र इरानमाथिको यो हमलाले संवाद, समझदारी, प्रतिस्पर्धाको दुनियाँलाई निषेध गर्दै लगेको छ। यसले या अमेरिकी प्रभूत्वको दुनियाँ या तेस्रो महायुद्धको अनिवार्यतिर धकेलेको छ । यसले २१औं सदीलाई कदापी पनि शान्ति, संमृद्धि र सभ्य दुनियातिर डोन्याउने छैन ।
इरान एक स्वतन्त्र एवं सार्वभौमिक मुलुक हो । यसभित्र आफ्‌ना समस्याहरू होलान् तर तिनको समाधान बाह्य हस्तक्षेपबाट होइन आन्तरिक जनअभिमतद्वारा खोज्नु पर्छ। अमेरिकाले आफूसँगको विमतिलाई अन्य बाहनासँग जोडर भयानक एवं विध्वंसात्मक हमला गर्नु कदापि स्वीकार्य हुन सक्दैन ।
अमेरिका र इरानबिचको युद्धले सिङ्गो मध्यपूर्व प्रभावित भएको छ । जहाँ तिस लाख नेपाली वैदेशिक रोजगारीका सिलसिलामा पुगेका छन् ती यस युद्धबाट प्रत्यक्ष प्रभावित भएका छन् । हाम्रो आग्रह छकि युद्ध भयानक हुने अवस्थामा कतार, यूएई, साउँदीअरब, कुवेत, बहराइन आदि देशले नेपाली नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गर्न र सुरक्षित नेपाल पठाउने बन्दोबस्त गरोस भन्ने माग गर्दछौ। त्यसैगरी नेपाल सरकारलाई पनि आफ्‌ना नागरिकसँग प्रत्यक्ष सम्बन्धमा रहेर प्रभावकारी कूटनीतिक पहल गरी सुरक्षित बसोबासको व्यवस्था गर्न साथै आवश्यक परे स्वदेश फर्काउन पहल गरोस भन्ने माग गर्दछ ।
अन्तमा हामी राष्ट्रसंघ, विश्व मानवसमुदाय, मानवधिकारवादी, राजनीतिक शक्तिलाई राजनीतिक एवं कूटनीतिक पहलद्वारा द्वन्द्वरत पक्षहरूलाई वार्ता, समझदारी, सहअस्तित्व र सहकार्यको दुनियाँमा फर्काउन जोड लगाउन विशेष आह्वान गर्दछौ।’

प्रतिक्रियाहरु

[anycomment]