गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

२०८१ चैत्र १ गते, शुक्रबार

काठमाडौं । फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिको सदस्यमा डा. विश्वनाथ पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई रहेका छन् ।
नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नरको महाप्रसाद अधिकारीको पदावधि यही चैत २५ गते सकिँदै छ । उनको पदावधि सकिनै लाग्दा सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढाएको हो । उक्त गठित समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्ने छ। समितिले सिफारिस गरेका तीन मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नरमा नियुक्त गर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]