श्रम संस्कृति पार्टीद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग
काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको राजीनामा माग गरेको छ । सो पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कडा आलोचना गर्दै नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन् ।
अध्यक्ष साम्पाङले प्रधानमन्त्री शाहले संसदीय प्रणालीको हुर्मत लिएको र लोकतान्त्रिक मूल्य–मान्यतालाई बेवास्ता गरेको भन्दै राजीनामा दिन माग गरेका हुन् ।

