ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध राँके जुलुस

२०८० असार २१ गते, बिहीबार

काठमाडौं । बागलुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवुकमार नेपालीको घर अगाडी स्थानीयहरुले राँके जुलुस गरेका छन् । बुधबार साँझ बुर्तिबाङ बजारमा रहेको देवुकमार नेपालीको घर अगाडी बचतकर्ताले राँके जुलुस गरेको हुन् । आफूहरुले सहकारीमा गरेको बचत रकम फिर्ता नपाएको र संस्थाका अध्यक्ष फरार भएको भन्दै दबावका लागि राँके जुलुस गरिएको जुलुसमा सहभागीले बताएका छन् ।
‘बचत गरेको रकम फिर्ता नभएसम्म हामी आन्दोलन गरिरहन्छौं’, ती सहभागीले भने, ‘भोलि ११ बजे बृहत आन्दोलनका लागि बागलुङ बजारमा सहभागी हुँदैछौं ।
यता गलकोट नगरपालिकामा पनि बचतकर्ताले जुलुस गरेका छन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नभएपछि उनीहरु पनि आन्दोलित भएका हुन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेशकुमार अधिकारीका अनुसार राँके जुलुस शान्तिपूर्ण रहेको बताएका छन् । यता बागलुङ बजारमा पनि सहकारीका बचतकर्ताले राँके जुलुस गरेका छन् ।
ढोरपाटन नगरपालिका मेयर समेत रहेका नेपाली ५ जेठदेखि फरार छन् । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ ।
प्रहरीले इमेज सहकारीका सञ्चालक चित्र बहादुर भण्डारी, कर्मचारी लालमती रोका र सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरिसकेको छ । अहिलेसम्म अध्यक्ष देवकुमार नेपाली लगायतअन्य सञ्चालकहरु पक्राउ पर्न सकेका छैनन् ।- सुधन विश्वकर्मा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार