ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध राँके जुलुस

२०८० असार २१ गते, बिहीबार

काठमाडौं । बागलुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवुकमार नेपालीको घर अगाडी स्थानीयहरुले राँके जुलुस गरेका छन् । बुधबार साँझ बुर्तिबाङ बजारमा रहेको देवुकमार नेपालीको घर अगाडी बचतकर्ताले राँके जुलुस गरेको हुन् । आफूहरुले सहकारीमा गरेको बचत रकम फिर्ता नपाएको र संस्थाका अध्यक्ष फरार भएको भन्दै दबावका लागि राँके जुलुस गरिएको जुलुसमा सहभागीले बताएका छन् ।
‘बचत गरेको रकम फिर्ता नभएसम्म हामी आन्दोलन गरिरहन्छौं’, ती सहभागीले भने, ‘भोलि ११ बजे बृहत आन्दोलनका लागि बागलुङ बजारमा सहभागी हुँदैछौं ।
यता गलकोट नगरपालिकामा पनि बचतकर्ताले जुलुस गरेका छन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नभएपछि उनीहरु पनि आन्दोलित भएका हुन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेशकुमार अधिकारीका अनुसार राँके जुलुस शान्तिपूर्ण रहेको बताएका छन् । यता बागलुङ बजारमा पनि सहकारीका बचतकर्ताले राँके जुलुस गरेका छन् ।
ढोरपाटन नगरपालिका मेयर समेत रहेका नेपाली ५ जेठदेखि फरार छन् । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ ।
प्रहरीले इमेज सहकारीका सञ्चालक चित्र बहादुर भण्डारी, कर्मचारी लालमती रोका र सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरिसकेको छ । अहिलेसम्म अध्यक्ष देवकुमार नेपाली लगायतअन्य सञ्चालकहरु पक्राउ पर्न सकेका छैनन् ।- सुधन विश्वकर्मा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज र भोलि वर्षाको सम्भावना

२०८२ चैत्र १३ गते, शुक्रबार

आज रामनवमी

२०८२ चैत्र १३ गते, शुक्रबार

आज चैते दसैँ

२०८२ चैत्र १२ गते, बिहीबार

आज चट्याङसहित वर्षाको सम्भावना

२०८२ चैत्र १२ गते, बिहीबार