हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका औंसार हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्पविद् राजेश शर्माका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । उनका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो ।भूकम्पबाट भएको क्षति तथा प्रभावबारे भने हालसम्म विस्तृत विवरण प्राप्त भएको छैन ।
